२४ मंसिर २०८२, बुधबार
10-12-2025 , Wed
×

अलपत्र बसेका नागरिकहरुको सरकारले ब्यबस्थापन गर्नुपर्छ जनमोर्चा अध्यक्ष : आचार्य

Logo
प्रकाशित आइतबार, चैत्र ३०, २०७६

(सागर थापा)
राष्ट्रिय जनमोर्चा जिल्ला समिती दाङ देउखुरी अध्यक्ष गणेश आचार्यले अहिले बिश्व ब्यापी रुपमा नोभेल कोरोना भाइरसको महा आतंक सृजना भइरहेको छ । यसका कारणले मान्छेको जन जीवन धेरै कस्टकर बनिरहेको छ । नेपालमा अहिले सम्म नोभेल कोरोना भाइरसकै कारण मान्छेको मृत्यु नभए पनि दैनिक जीवन धेरै कस्ट्पुर्ण भएको छ । बिश्वका विभिन्न देशहरुमा श्रमको लागि रहेका नेपालीहरुमा भाइरस संक्रमण बढ्दो क्रममा छ । कैयौंको मृत्यु भैसकेको छ भने ठूलो संख्यामा देश बाहिर रहेका नेपालीहरुको जन जीवन पनि कस्टकर बनेको छ । खासगरी भारतमा कार्यरत नेपाली हरु ठूलो संख्यामा अलपत्र परेर असुरक्षित रुपमा बसेका छ्न । ती नागरिकहरुको उचित ब्यबस्थापन गर्न सरकारको ध्यान जान जरुरी छ । अहिले साना किसानहरु ठूलो संकटमा परेका छ्न । कुखुरा पालक किसानहरु ऋणमा खोरमा कुखुरा राखेका छ्न । त्यो कुखुरालाइ खुवाउने दाना पाइरहेका छैनन । जसका कारण कुखुरा मर्ने अबस्था छ । सरकार दाना बोक्न दिए पनि कुखुरा व्यावसायी ले कुखुरा बेच्न नपाएको कारण दाना खरीद गर्न सकेका छैनन । यो समस्यामा धेरै किसानहरु रहेका छ्न । त्यसैले स्थानीय सरकारले दानाको ब्यबस्थापन गर्ने र किसानहरुलाइ सामाजिक दुरी कायम गर्दै बिक्री गरेर दानाको पैसा लिने बाताबरण निर्माण गर्न जरुरी छ । यस्तै बाटोमा धेरै यात्रीहरु कस्टपुर्ण यात्रा गरीरहेका छ्न । त्यो समस्या समाधान गर्न सरकारको गम्भीर ध्यानाकर्षण हुन जरुरी छ । रोगको डर हुदा हुँदै पनि सजिलो अबस्थाले मान्छे चारा पाच सय किलोमीटरको पैदल यात्रा गरेका छैनन । यो बुझेर समाधान को बाटो निकाल्न जरुरी छ । सरकारले दैनिक ज्याला मजदुरी गरेर जिबिकोपार्जन गर्ने नागरिक लाई राहातको प्याकेज ल्यायको छ । यो स्वागत योग्य कुरा छ । तर राहतमा अनियमितता भएको , वास्तविक समस्या भएकाले नपाएको , समस्या नभएका मान्छेहरु नै राहतमा आएको र नेतृत्वमा भएकाले आफ्ना मान्छेलाई मात्र राहत दिने गरेको कुराहरु आएका छ्न । जिल्लामा बैठक बसेर वडा अध्यक्षको नेतृत्वमा सर्बदलिय समयन्त्र बनाएर त्यही समयन्त्र ले राहत दिन पर्ने मान्छेको अबिलेख तयार गरेर मात्र राहत दिने निर्णय भए पनि कतिपय ठाउमा त्यसो नगरीको कुरा आइरहेको छ यसमा सम्बन्धित स्थानीय तहको ध्यान जान जरुरी छ । अन्त्यमा सबै नागरिकहरुलाइ हतोत्साहित नभएर सुरक्षित बस्न र नोभेल कोरोना भाइरस को संक्रमण बाट जोगिन अनुरोध गर्न चाहान्छौ । राष्ट्रिय जनमोर्चा जिल्ला समिती दाङ देउखुरी अध्यक्ष गणेश आचार्यको प्रेस बिज्ञप्ती मार्फत उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । भारतीय प्रहरी सादा पोसाकमा नेपाल भित्रिएर वीरगञ्ज–१३ राधेमाई टोलबाट ४० वर्षीय मेघराज साहलाई राति अपहरण शैलीमा नियन्त्रणमा लिएर भारततर्फ लगेका छन्। सार्को भनाइ अनुसार भारतीय नम्बर प्लेटको गाडीमा आएका तीनजनाले आफूलाई ‘भारतीय प्रहरी’ भन्दै साहलाई जबरजस्ती लगेको परिवारले बताएको छ। नेपाल प्रहरीले घटनाबारे कुनै जानकारी नआएको र भारतीय पक्षले समन्वय नगरेको जनाएको छ। […]

  दार्चुला । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो । कालापानी–चीनको सीमा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । यसअघि सोमबार साँझ बाजुराको मार्तडी केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ तथा मातहत पोष्टहरुबाट बिभिन्न स्थानमा खटि गई बिद्यार्थी, चालक तथा सह-चालक र सर्वसाधारणहरुलाई भेला जम्मा गरि ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

error: Content is protected !!