२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहूद खां द्वारा गरीब परीवारमा खाद्यान्न समाग्री वितरण

Logo
प्रकाशित सोमबार, बैशाख ०१, २०७७

अजय मिश्र,कृष्णनगर, वैशाख १
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ३ चैपुरवाममा गरिब असहाय मजदूर लगायत बिपन्न २०० परिवार लाई सहयोग स्वरुप निशुल्क खाद्यान्न सामाग्री वितरण गरिएको छ।
हेरा शैक्षिक तथा मानवीय सेवा समाजको सहयोगमा र मदरसा बोर्ड ५नं.प्रदेश को आयोजनामा उक्त खाद्यान्न समाग्री वितरण गरिएको छ।
कोराना भाइरस विश्वमा महामारी को रुपमा फैलिएको कारण ले नेपालमा पनि भेटाएको पुष्टी नेपाल सरकार ले समेत गरि सकेको कारण ले यो महामारी बाट नेपाल भरी का जनता लाई जोगाउनको लागि नेपाल सरकार ले लक डाउन गरेको छ।प्रत्येक दिन ज्यालादारी रिक्सा तरकारी बिक्री लगायत बिभिन्न किसीम को मेहनत गरि पैसा कमाएर आ आफ्नो परिवार को पेट भर्दै आएका श्रमिक गरिब मजदूरहरु अहिलेको रोजगार बन्द भएकाले यी गरिब परिवार को घर मा कोई भोकै नरहोस भन्ने भावना का साथ आज कृष्णनगर नगरपालिका भित्र पहिलो दोस्रो चरणमा मा हामी ले १४किलो चामल, ५किलो दाल, ५ किलो पिठो, तेल, आलू, , नून,लगायत खाद्यान्न समाग्री वितरण गरेको ५नं.प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले बताए।
उक्त समाग्री वितरण कार्यक्रममा कृष्णनगर नगरपालिका वडा नं ३ वडा अध्यक्ष सगिर अहमद खान नेकपा कृष्णनगर नगरसमिती अध्यक्ष जावेद आलम, युवा सहयोगी वसीम खान, कैफ खान, वसीउल्ला चौधरी,लगायत भद्रभलादमी हरुको उपस्थिती थियो।
यो दुखद घडी हो र कोरोना भाइरस बाट आफू बचौ र अर्का लाई बचाउन को लागि नेपाल सरकारले दिएको निर्देशन को पालन गरौ हामी हर सम्भव नेपाली जनताको सुख दुख मा सदैव उभेका छौ र सके सम्म आजको यो दुखद समयमा तयार रहेको हेरा शैक्षिक तथा मानवीय सेवा समाजको सहयोग दिने तैयार रहेको हेरा शैक्षिक तथा मानवीय सेवा समाजका महासचिव शैख जैस मक्कीले प्रतिबद्धता समेत जनाएका थिए।
यस्ता दुखद घडीमा गरिब असहाय जनताहरुको सहयोग नै सबै भन्दा ठूलो मानव धर्म रहेको र अब आ आफ्नो स्तर बाट सबै लाई गरिब असहाय जनता को सहयोग गर्न को लागि राष्ट्रिय मदरसा संघ का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी ले अग्रह समेत गर्नु भयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!