२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

तरकारीको गाडीमा दाङ्ग उद्योग वाणिज्य संघको ब्यानर दुरुपयोग अध्यक्ष:भुसाल

Logo
प्रकाशित मंगलबार, बैशाख ०२, २०७७

(सागर थापा)
दाङको तुलसीपुरमा भारतबाट नेपालगन्ज भन्सार हुदै तरकारी र फलफूल आउने गरेको भन्दै तुलसीपुरका विभिन्न सरोकारवाला निकायहरुले अनुगमन गरिरहेको वेलामा दाङ्ग उद्योग वाणिज्य संघ र कृषि उपज वजार समन्वय समितिको ब्यानर टाँगेको गाडी तरकारी ल्याउनका लागि तुल्सीपुरको तरकारी वजारमा आएको र गाडीलाई सोधपुछ गर्दा तुलसीपुरबाट नियमित रुपमाम तरकारी लग्ने गरेको गुनासो आए पछि स्थानीय सरोकारवालाको रोहवरमा रा १ ख ८४६ नम्वरको गाडी ईलाका प्रहरी कार्यालय तुलसीपुरमा लगिएको थियो । भारतबाट ल्याइएको तरकारी र फलफूल दाङ्गका विभिन्न वजारमा जाने गरिएको स्थानीयहरुको आरोप छ । नेपालगञ्ज भन्सार हुँदै दाङको तुलसीपुरमा तरकारी र फलफूल आउँदा संक्रमण फैलेन त्रास वढेपछि तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर उपमहानगरपालिका लगायतले अनुगमन गरेका थिए । यता यस विशेषमा दाङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालले नियन्त्रणमा लिएको तरकारीको गाडीमा दाङ उद्योग बाणिज्य संघको ब्यानर टाँगेर दुरुपयोग भएको बताएका छ्न साथै ब्यानर दुरुपयोग गर्नेलाई कानुन बमोजिम कार्वाहीको माग समेत अध्यक्ष भुसालले गर्नु भएको छ लकडाउन भए देखि अहिलेसम्म भारती तरकारी र फलफूल घोराहीमा बिक्री नगरेको भन्दै केही दिन यता दाङको भालुवाङमा स्थानीयबासीहरुले रोके पछी एबिसी संचार र खबर 24 नेपाल अनलाईनहरुमा समाचार आए पछी कृष्णनगरबाट आएको तरकारी र फलफूल बिक्रीमा रोक लगाई फिर्ता समेत गरेको बताए भारती तरकारीको गाडीहरूले घोराही बाहेक अन्य ठाँउहरुमा तरकारी बीच बाटोमा बिक्री गर्ने गरेको गुनासो आउने गरेको बताए दाङलाई पुग्ने पुग्ने गरि तरकारी सल्यान रोल्पा रुकुम प्युठान देउखुरी लगाएतको ठाँउहरु बाट मात्र आउने गरेको भारती तरकारी र फलफूलमा पुर्ण रोक लगाएको बताए । यता जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले नेपाल सरकारले कानुन बमोजिम भारतबाट आउतजाउत गर्न अत्यावश्यक बस्तु पेट्रोल डिजेल ग्यास तरकारी फलफूल लगाएतलाई रोक न लगाएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]