२५ आषाढ २०८२, बुधबार
09-07-2025 , Wed
×

लकडाउनको बेला प्रहरीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, बैशाख ०२, २०७७

जनकपुरधाम लकडाउन पालना गराउने क्रममा सिरहाको पटेर्वामा सोमबार साँझ भएको घटनामा संलग्न १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लकडाउन पालना गराउने क्रममा गस्तीमा रहेका प्रहरीमाथि आक्रमण गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीले झडपमा संलग्नमध्ये १३ जना स्थानीयलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । ‘घटनामा संलग्न मध्ये १३ जनालाई नियन्त्रणमा लिएका छौं, अन्यको खोजी भइरहेको छ,’ एसपी चतुर्वेदीले भने । अहिले पटेर्वाको स्थिति नियन्त्रणमा रहेको उनले बताए । चतुर्वेदीले घटनास्थलमा प्रहरीले गस्ती गरिरहेको जानकारी दिए ।
सिरहाको सिरहा नगरपालिका–१७ पटेर्वामा लकडाउन उल्लंघन नगर्न सम्झाइ बुझाइ गरिरहेको अवस्थामा प्रहरीमाथि ढुंगामुढा हुँदा दोहरो झडप भएको थियो । झडप साम्य पार्न प्रहरीले २३ राउण्ड हवाइ फायर गरेको थियो ।
झडपको क्रममा स्थानीयले गरेको ढुंगामुढमा परी तीनजना प्रहरी घाइते भएका छन् भने प्रहरीको दुइटा गाडीमा क्षति पुगेको छ । घटनापछि त्यहाँका अधिकांश व्यक्तिहरु फरार रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । कोहलपुर नेपाल प्रहरी प्रधान कार्यालय,मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको चलानी नम्बर ८०६१ र ८०६३ पत्रादेशानुसार प्रहरी सहायक हवलदारबाट प्रहरी हवल्दार पदमा र प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा हुनु भएका निम्न प्रहरी कर्मचारीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पुस्कर राज पन्तद्वारा दर्ज्यानी चिन्हद्वारा […]

जुम्ला । कल्पना गर्नुहोस्, तपाईं नाम्चे बजारको एउटा चिया पसलमा चिया पिउदै हुनुहुन्छ, अनि तपाईंको आँखामाथि उभिएको छ, गौरवशाली सगरमाथाको हिमाली मुकुट। अब त्यो हिमाली मुकुट बिस्तारै हराउँदै गएको कल्पना गर्नुहोस्। नेपालका हिमालयहरू, जुन हाम्रो पानी,वन्यजन्तु, र जीविकोपार्जनका मूल स्रोत हुन्, त्यो अहिले जलवायु परिवर्तनका कारण गहिरो संकटमा परेका छन्। हिमनदीहरू पग्लिँदै छन्, मौसम अनियमित […]

  दाङ । घोराही नेपाल प्रहरी प्रधान कार्यालय मानबश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं ८०६१ र ८०६३ पत्रादेशानुसार जनपद समुह तर्फका प्रहरी सहायक हवल्दारबाट प्रहरी हवल्दार र प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा सोही समुह तर्फ बढुवा नियुक्त भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका मातहत समेतमा कार्यरत निम्न प्रहरी कर्मचारीहरु लाई दाङ जिल्ला ट्राफिक […]

error: Content is protected !!