१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

VIP हरुको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सिमामा खत्न गृहमन्त्री:थापाको निर्देशन

Logo
प्रकाशित मंगलबार, बैशाख ०२, २०७७

काठमाडौं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले भिआइपीको रुपमा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाउन निर्देशन दिएका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट विशिष्ट व्यक्तिको सुरक्षामा खटाइएका उनीहरुलाई फिर्ता बोलाएर सीमामा पठाउन बादलले निर्देशन दिएका हुन् ।
गृह मन्त्रालयका एक अधिकारीका अनुसार प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई बोलाएर गृहमन्त्री बादलले अनावश्यक रुपमा खटाइएका सुरक्षाकर्मीलाई फिर्ता बोलाउन निर्देशन दिएका छन् ।
जसअनुसार सशस्त्र प्रहरी बलले विशिष्ट सुरक्षा कार्यविधि विपरित खटिएका सुरक्षाकर्मीको तथ्यांक संकलन थालिसकेको स्रोतले बतायो । नेपाल प्रहरीले पनि आवश्यक गृहकार्य गरिरहेको बताइएको छ ।
हाल कम्तिमा दुई हजार सुरक्षाकर्मी विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका छन् । कतिपय विशिष्ट व्यक्तिले मन्त्रिपरिषदबाटै निर्णय गराएर कार्यविधि विपरित सुरक्षाकर्मी राखेका छन् । उनीहरुको हकमा मन्त्रिपरिषदबाटै निर्णय गरेर कटौती गरिने बादलले बताएका छन् ।
‘आवश्यकता मूल्यांकन गरेर जति सक्दो कटौती गरेर सीमामा पठाउनुस्’, बादलले दुवै सुरक्षा संगठनका प्रमुखलाई भनेका छन् ।
पहाडी क्षेत्रका सुरक्षाकर्मीलाई पनि सीमा खटाउन निर्देशन
बादलले पहाडी तथा हिमाली क्षेत्रमा रहेका सशस्त्र प्रहरीका कर्मचारीलाई पनि सीमामा खटाउन निर्देशन दिएको गृहमन्त्री बादलका प्रेस संयोजक किरण भट्टराईले बताए ।
उनका अनुसार अत्याश्वयक बाहेकका सुरक्षाकर्मीलाई सीमामा परिचालन गर्न भन्दै गृहसचिव महेश्वर न्यौपानेमार्फत बादलले सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् ।
तराईका जिल्लामा थप जनशक्ति पठाउन नेपाल प्रहरीलाई पनि गृहमन्त्री बादलले निर्देशन दिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा बादलले सीमा क्षेत्रमा विशेष सतर्कता बढाउन मातहतका सुरक्षा अंगहरूलाई निर्देशन दिएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । चुरोटमा विभिन्न खाले अक्सिडेन्ट रसायन पाइन्छ जसले आँखामा समेत असर गर्दछ । जसका कारण आँखाको ज्योति कम हुने, मोतियाविन्दु, म्याकुलर डिजेनेरेसन तथा अप्टिक न्यूरोप्याथी जस्ता समस्या उत्पन्न हुन सक्दछन् । ·  चुरोटमा हुने निकोटिनले सरीरमा एस्ट्रोजेन हर्मोनको प्रभाव कम गरिदिन्छ । जसका कारण हड्डी कमजोर हुन्छ । · चुरोटको धुवाँले सरीरमा रक्तप्रवाह कम गरिदिन्छ । […]

बिरगंज । सुनसरीमा भएको घटनाको विरोधमा आज वीरगञ्जमा पनि हिन्दु संगठनहरूले प्रदर्शन गरेका छन्। सुनसरीको इनरुवामा केही दिनअघि धार्मिक आस्था र संस्कृतिमाथि प्रहार भएको भन्दै स्थानीयमा आक्रोश छ। त्यही घटनालाई लिएर देशभरका विभिन्न जिल्लामा विरोध सुरु भएको हो। विश्व हिन्दु परिषद, बजरंग दल लगायतका संगठन सडकमा उत्रिए दोषीलाई कडा कारबाही गर, धार्मिक भावना माथि प्रहार […]

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

error: Content is protected !!