२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

मदरसा बोर्डको नेतृत्वमा मस्जिद मदरसाको निरीक्षण

Logo
प्रकाशित शनिबार, बैशाख ०६, २०७७

कपिलवस्तु , वैशाख ६
कपिलवस्तुको जवाभारी र चन्द्रौटामा रहेको मस्जिद मदरसा हरुमा तब्लीगी जमातीका मान्छेहरु लुकी छिपी रही रहेको भारतीय दैनिक पत्रिका राष्ट्रिय सहारा हिन्दीमा शनिवारका दिन प्रकाशित भएको खबर विना आधार र झूठो खबर प्रकाशित भएको मुस्लिम समुदायका अगुवा हरु ले दावी गरेका छन।
भारतीय पत्रिकामा समाचार आए पछि प्रदेश नं. ५ मदरसा बोर्ड र राष्ट्रिय मदरसा संघ नेपाल को गम्भीर ध्यानाकर्षण भएको देखिन्छ। प्रदेश नं. ५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपाली राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अल्कुफी, उपाध्यक्ष शैख जैस मक्की, ईप्रका बहादूरगंजका प्रहरी नायब निरीक्षक अभय राउत, शिवराज नगरपलिका वडा नं ७ का वडाध्यक्ष अनुप कुमार चौधरी वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रतिनिध लगायत पत्रकार हरुको टोली द्वारा स्थलगत अनुगमन गर्दा जवाभारी र चन्द्रौटाको मदरसा र मस्जिदमा कोइ पनि बाहिरी मान्छे वा जमात संग सम्बन्धित व्यक्ति भेटिएका छैन्न।
मदरसा निरीक्षण गर्ने क्रममा प्रदेश नं.५मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले भारतीय मिडीयामा आएको न्यूजमा कुनै सत्यता रहेको छैन। प्रशासन लगायत सबैको सहयोगमा निरीक्षण गरिएको र लाकडाउनको पाल्ना मस्जिद र मदरसा मा समेत पाल्ना भइ रहेको छ। बदनाम गर्ने काम कदापी कहि कतै बाट मुस्लिम समुदायको नहोस र समयको माग अनुसार हामी सबै धर्म जाति ले एक आपसमा आरोप प्रत्यारोप नगरेर कोरोना विरुद्ध लडाइमा एक जुट भएर लाग्नु पर्ने जिक्र गर्नु भयो। अनुगमनमा जवाभारी र चन्द्रौटाको मस्जिद र मदरसामा कोइ पनि नरहेको ठहर रह्यो।
शिवराज नगरपालिका वडा नं. ७ का वडाध्यक्ष अनुप कुमार चौधरी ले अनुगमनका क्रममा जमाती हरु लुकेको खबर प्रति हाम्रो ध्यानाकर्षण भएको र संयुक्त रुपमा अनुगमन गर्दा मस्जिद र मदरसामा कोही पनि जमाती व भारतीय मौलाना नभेटिएको कुरा बताउनु भयो।
राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी ले भारतीय मिडीयामा आएको केही जमाति जवाभारीमा रहेको प्रति गम्भिर ध्यानाकर्षण भएको छ। मदरसा बार्ड र प्रशासन को सहयोगमा निरीक्षण गर्दा कहि कतै कोही जमाति वा भारतीय मौलाना भेटिएको छैन र झूठो खबर सूत्र को हवाला दिदै न्यूज बनाउन एक दमै गलत रहेको र वास्तविकता बुझेर मात्र न्यूज बाहिर ल्याउन आग्रह समेत गरेका थिए।
उक्त बिषयमा प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलका अनुसार अहिले प्रहरी र प्रशासन लगाएर खोज तलास जारी रहेको छ । अहिलेसम्म केही फेला परेको छैन । भारतीय मिडियाले भने जस्तो जमाती फेला नपरेको पौडेलले वताउनु भयो । तर जे कुरा आएका छन् त्यसका आधारमा सजगता अपनाएर खोजी गर्ने कार्यलाई अझै तीब्रता दिने पनि उहाँको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ। स्वदेशमै केही गर्ने चाहना बोकेर राजधानी छिरेका दाङ घोराहीका ३७ वर्षीय ध्रुव विशाल अन्ततः दुबई उड्ने तयारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। उनको अनुहारमा उत्साहभन्दा बढी थकान र निराशा झल्किन्छ। “फोहर उठाउनेदेखि होटलमा वेटरको कामसम्म गरें,” उनले सुनाए, “तर कामअनुसारको पारिश्रमिक पाइएन, तलब पनि समयमा आएन। परिश्रमको मूल्य नै पाइएन, त्यसैले विदेशिन लागेको हुँ।” […]

दाङ । अदालतबाट फैसला भइसकेपछि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाउँदै प्रहरीले एक सातामा १२ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इकाइबाट खटिएको टोलीले वैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको विशेष खोजतलास अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार […]

दाङ । राप्ती गाउँपालिकामा क्रियाशील पत्रकारहरुकाे छाता संगठनको रूपमा रहेको राप्ती प्रेस मञ्चले राप्ती आधारभूत अस्पतालको सामुहिक रिपोर्टिङ गरेको छ । सो अस्पताल राप्ती गाउँपालिका – ५, सिसहनियाँ – कालापानीमा पर्दछ । अस्पतालको काउन्टरमा कार्यरत सिमा पुजाली र सविना मियाँ मिलेर केही दिनअघि आर्थिक ( रकम ) हिनामिना गरेको आरोप लगाएर अस्पताल प्रशासनले दुवै जनालाई […]

error: Content is protected !!