२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मदरसा बोर्डको नेतृत्वमा मस्जिद मदरसाको निरीक्षण

Logo
प्रकाशित शनिबार, बैशाख ०६, २०७७

कपिलवस्तु , वैशाख ६
कपिलवस्तुको जवाभारी र चन्द्रौटामा रहेको मस्जिद मदरसा हरुमा तब्लीगी जमातीका मान्छेहरु लुकी छिपी रही रहेको भारतीय दैनिक पत्रिका राष्ट्रिय सहारा हिन्दीमा शनिवारका दिन प्रकाशित भएको खबर विना आधार र झूठो खबर प्रकाशित भएको मुस्लिम समुदायका अगुवा हरु ले दावी गरेका छन।
भारतीय पत्रिकामा समाचार आए पछि प्रदेश नं. ५ मदरसा बोर्ड र राष्ट्रिय मदरसा संघ नेपाल को गम्भीर ध्यानाकर्षण भएको देखिन्छ। प्रदेश नं. ५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपाली राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अल्कुफी, उपाध्यक्ष शैख जैस मक्की, ईप्रका बहादूरगंजका प्रहरी नायब निरीक्षक अभय राउत, शिवराज नगरपलिका वडा नं ७ का वडाध्यक्ष अनुप कुमार चौधरी वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रतिनिध लगायत पत्रकार हरुको टोली द्वारा स्थलगत अनुगमन गर्दा जवाभारी र चन्द्रौटाको मदरसा र मस्जिदमा कोइ पनि बाहिरी मान्छे वा जमात संग सम्बन्धित व्यक्ति भेटिएका छैन्न।
मदरसा निरीक्षण गर्ने क्रममा प्रदेश नं.५मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले भारतीय मिडीयामा आएको न्यूजमा कुनै सत्यता रहेको छैन। प्रशासन लगायत सबैको सहयोगमा निरीक्षण गरिएको र लाकडाउनको पाल्ना मस्जिद र मदरसा मा समेत पाल्ना भइ रहेको छ। बदनाम गर्ने काम कदापी कहि कतै बाट मुस्लिम समुदायको नहोस र समयको माग अनुसार हामी सबै धर्म जाति ले एक आपसमा आरोप प्रत्यारोप नगरेर कोरोना विरुद्ध लडाइमा एक जुट भएर लाग्नु पर्ने जिक्र गर्नु भयो। अनुगमनमा जवाभारी र चन्द्रौटाको मस्जिद र मदरसामा कोइ पनि नरहेको ठहर रह्यो।
शिवराज नगरपालिका वडा नं. ७ का वडाध्यक्ष अनुप कुमार चौधरी ले अनुगमनका क्रममा जमाती हरु लुकेको खबर प्रति हाम्रो ध्यानाकर्षण भएको र संयुक्त रुपमा अनुगमन गर्दा मस्जिद र मदरसामा कोही पनि जमाती व भारतीय मौलाना नभेटिएको कुरा बताउनु भयो।
राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी ले भारतीय मिडीयामा आएको केही जमाति जवाभारीमा रहेको प्रति गम्भिर ध्यानाकर्षण भएको छ। मदरसा बार्ड र प्रशासन को सहयोगमा निरीक्षण गर्दा कहि कतै कोही जमाति वा भारतीय मौलाना भेटिएको छैन र झूठो खबर सूत्र को हवाला दिदै न्यूज बनाउन एक दमै गलत रहेको र वास्तविकता बुझेर मात्र न्यूज बाहिर ल्याउन आग्रह समेत गरेका थिए।
उक्त बिषयमा प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलका अनुसार अहिले प्रहरी र प्रशासन लगाएर खोज तलास जारी रहेको छ । अहिलेसम्म केही फेला परेको छैन । भारतीय मिडियाले भने जस्तो जमाती फेला नपरेको पौडेलले वताउनु भयो । तर जे कुरा आएका छन् त्यसका आधारमा सजगता अपनाएर खोजी गर्ने कार्यलाई अझै तीब्रता दिने पनि उहाँको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!