१९ कार्तिक २०८३, बिहिबार
05-11-2026 , Thu
×

बाँके ३० गणमा एसपी चन्द आएदेखी सीमा क्षेत्रमा कडाइ: करोडभन्दा बढीको अवैध सामग्री बरामद,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित बिहिबार, कार्तिक १९, २०८३

 

बाँके । नेपालगन्ज भारतसँगको खुला सीमाबाट हुने चोरी तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण हे.क्वा. बागेश्वरी बाँकेले सीमा क्षेत्रमा कडाइ गरेको छ।

गणले पछिल्लो एक महिनाको अवधिमा जिल्लाका विभिन्न नाकाहरूबाट भन्सार छली ल्याइएका करोडौं मूल्य बराबरका अवैध सामग्रीहरू बरामद गरेको छ।

सशस्त्र प्रहरीका अनुसार नरैनापुर, डुडुवा, जानकी र नेपालगञ्ज उप-महानगरपालिकाका सीमावर्ती क्षेत्रहरूमा गरिएको नियमित गस्ती तथा विशेष अप्रेसनका क्रममा उक्त सामग्री बरामद गरिएको हो।

बरामद सामग्रीमा भन्सार छलीका कपडा, किराना सामान, इलेक्ट्रोनिक सामान, मोटर पार्ट्स, सुर्तीजन्य पदार्थ तथा भारतबाट अवैध रूपमा ल्याइएका खाद्यान्नलगायत रहेका छन्।

बरामद गरिएका सम्पूर्ण सामग्री आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल बाँके ३० गणका गणपति, सशस्त्र प्रहरी उपरीक्षक एसपी भिम चन्दले जानकारी दिनुभयो।

एसपी चन्दका अनुसार सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बलको गस्ती र चेकजाँचलाई थप कडा पारिएको छ।

सीमा अपराध र चोरी तस्करी नियन्त्रण हाम्रो प्राथमिकता हो। अवैध सामग्री ओसारपसारमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने छ,” गणपति एसपी चन्दले बताउनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज भारतसँगको खुला सीमाबाट हुने चोरी तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण हे.क्वा. बागेश्वरी बाँकेले सीमा क्षेत्रमा कडाइ गरेको छ। गणले पछिल्लो एक महिनाको अवधिमा जिल्लाका विभिन्न नाकाहरूबाट भन्सार छली ल्याइएका करोडौं मूल्य बराबरका अवैध सामग्रीहरू बरामद गरेको छ। सशस्त्र प्रहरीका अनुसार नरैनापुर, डुडुवा, जानकी र नेपालगञ्ज उप-महानगरपालिकाका […]

  काठमाडौँ । नेपाल प्रहरीको महानिरिक्षकमा आफ्नो निरन्तरता हुनुपर्ने माग गर्दै दानबहादुर कार्की सर्वोच्च अदालतमा रिट निवेदन लिएर पुगेका छन्। सरकारले बुधबार कार्कीलाई महानिरिक्षक पदबाट हटाएर प्रधानमन्त्री वालेन्द्र शाहको सुरक्षा सल्लाहाकार नियुक्त गरेको थियो। कार्कीलाई हटाएर एआइजी मनोज केसीलाई सरकारले आइजिपी नियुक्त गरेपछि त्यसलाई बदर गर्न माग गर्दै कार्की सर्वोच्च अदालत गएका हुन्। अदालत स्रोतका […]

  *काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मध्याह्न १२ बजे भएको भेटमा नेपाल-भारत सम्बन्ध, द्विपक्षीय हित र प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणको तयारीबारे छलफल भएको छ। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने औपचारिक भ्रमणका लागि बुधबार […]