२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

प्रेस संगठनले समस्यामा परेका पत्रकारलाई सहयोग गर्ने

Logo
प्रकाशित आइतबार, बैशाख ०७, २०७७

दाङ वैशाख ६ कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका पत्रकारहरुलाई प्रेस संगठनले सहयोग गर्ने भएको छ । प्रेस संगठनका जिल्ला सयोजक प्रकाश चौधरी र सहसयोजक जेएन सागरले एक प्रेस बिज्ञपति जारी गर्दै लकडाउनका क्रममा श्रमजीवी पत्रकारहरुलाई दैनिक जीवनयापनमा समस्या परेका पत्रकारलाई सम्पर्क गर्न आग्रह गरेका छ्न ।
खासगरी खाद्यान्न नभएर पत्रकारहरुलाई भोकै बस्नुपर्ने अवस्था नआओस भन्नेतर्फ हाम्रो संगठन सजग छ । तसर्थ यस्तो समस्यामा परेका पत्रकार साथीहरुलाई हाम्रो संगठनका जिम्मेवार साथीहरुसँग सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ । विज्ञप्तिमा भनिएको छ,”अहिले विश्व प्रभावित भएको छ । महामारीकै रुप लिएको कोरोना भाइरसको संक्रमणका कारण लामो समयसम्म लकडाउन चलिरहेको छ ।
नेपालमा पनि संक्रमितहरु बढिरहेको अवस्थामा अहिले संक्रमणबाट आफूपनि जोगिने र अरुलाई पनि जोगाउनुपर्ने अवस्था छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै आम नागरिकलाई सुसूचित गर्ने काममा पत्रकारले सूचनावाहकको काम पनि गरिरहनु नै परेको छ । ” अहिलेसम्म सुरक्षितरुपमा पत्रकारिता गरिरहेकोमा खुशी व्यक्त गर्दै आफ्नो सुरक्षामा अझै ध्यान दिन आम पत्रकारहरुमा विनम्र आग्रह गरिएको छ । कोरोना संक्रमण रोक्न लकडाउन चलिरहेको अवस्थामा सकभर जो जहाँ छौं, त्यहीबाट सूचना प्रवाह गरौं । पहिले रोगबाट बचौं, त्यसपछि पेशागत जिम्मेवारी पनि पूरा गरौं ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]