११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

प्रेस संगठनले समस्यामा परेका पत्रकारलाई सहयोग गर्ने

Logo
प्रकाशित आइतबार, बैशाख ०७, २०७७

दाङ वैशाख ६ कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका पत्रकारहरुलाई प्रेस संगठनले सहयोग गर्ने भएको छ । प्रेस संगठनका जिल्ला सयोजक प्रकाश चौधरी र सहसयोजक जेएन सागरले एक प्रेस बिज्ञपति जारी गर्दै लकडाउनका क्रममा श्रमजीवी पत्रकारहरुलाई दैनिक जीवनयापनमा समस्या परेका पत्रकारलाई सम्पर्क गर्न आग्रह गरेका छ्न ।
खासगरी खाद्यान्न नभएर पत्रकारहरुलाई भोकै बस्नुपर्ने अवस्था नआओस भन्नेतर्फ हाम्रो संगठन सजग छ । तसर्थ यस्तो समस्यामा परेका पत्रकार साथीहरुलाई हाम्रो संगठनका जिम्मेवार साथीहरुसँग सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ । विज्ञप्तिमा भनिएको छ,”अहिले विश्व प्रभावित भएको छ । महामारीकै रुप लिएको कोरोना भाइरसको संक्रमणका कारण लामो समयसम्म लकडाउन चलिरहेको छ ।
नेपालमा पनि संक्रमितहरु बढिरहेको अवस्थामा अहिले संक्रमणबाट आफूपनि जोगिने र अरुलाई पनि जोगाउनुपर्ने अवस्था छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै आम नागरिकलाई सुसूचित गर्ने काममा पत्रकारले सूचनावाहकको काम पनि गरिरहनु नै परेको छ । ” अहिलेसम्म सुरक्षितरुपमा पत्रकारिता गरिरहेकोमा खुशी व्यक्त गर्दै आफ्नो सुरक्षामा अझै ध्यान दिन आम पत्रकारहरुमा विनम्र आग्रह गरिएको छ । कोरोना संक्रमण रोक्न लकडाउन चलिरहेको अवस्थामा सकभर जो जहाँ छौं, त्यहीबाट सूचना प्रवाह गरौं । पहिले रोगबाट बचौं, त्यसपछि पेशागत जिम्मेवारी पनि पूरा गरौं ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

error: Content is protected !!