२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाल प्रहरीका १० डिआईजीको बढुवा सोमबार पदस्थापन र दर्जनी चिन्ह लगाउने

Logo
प्रकाशित आइतबार, बैशाख ०७, २०७७

(सागर थापा) काठमाडौं नेपाल प्रहरीको डिआईजीमा बढुवा सिफारीस भएका १० जना एसएसपीको बढुवा सदर भएको छ । गृहमन्त्री रामबहादुर थापाले आईतबार बढुवा सदर गरेका हुन् । प्रहरी मुख्यालयले पदस्थापनको लागी जिम्मेवारी तोकेपनि गृहमन्त्रालयका सम्बन्धित शाखा हेर्ने कर्मचारी बिदामा बसेकाले पदस्थापनाको निर्णय भने भएको छैन् । डिआईजीमा बढुवा भएका १० जनालाई सोमबार १ बजे प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले दज्र्यानी चिन्ह लगाउने कार्यक्रम छ । गृहमन्त्री राबहादुर थापा र प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीबीच शनिवार सांझ पुल्चोकस्थित मन्त्री निवासमा डिआईजीको पदस्थापनाबारे छलफल भएको थियो । उक्त छलफलपछि प्रहरी प्रहरी मुख्यालयले डिआईजीको पदस्थापनका लागी पत्र गृहमन्त्रालय पठाइसकेको छ । सोमबार पदस्थापनाको निर्णय हुने गृहस्रोतको दावी छ । प्रहरी मुख्यालयले १ नम्वर प्रदेशको प्रहरी प्रमुखमा ईश्वरबावु कार्की २ नम्बरमा धिरज प्रताप सिंह ३ नम्वर प्रदेशमा बसन्त कुमार लामा,४ नम्बरमा घनश्याम अर्याल ५ नम्वरमा रविन्द्र धानुक ६ नम्बरमा बसन्त पन्त र ७ नम्बरमा उत्तमराज सुवेदीको सिफारीस गरेको छ । डिआईजी सहकुल थापाको सिआईबी,अरुण विसी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, डिआईजी निरज शाही प्रहरी महानिरीक्षकको सचिवालय, प्रध्मुन कार्की विशेष ब्युरो,प्रकाशजंग कार्की ऐकेडेमी र डिआईजी सुर्य उपाध्यायको सुरक्षा परिषद्को सचिवालयमा सरुवाका लागी सिफारिस भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!