२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

औषधी पसल बाहेक कुनै पनि पसल नखोल्न बाँके प्रशासनको अनुरोध

Logo
प्रकाशित सोमबार, बैशाख ०८, २०७७

बाँके बैशाख ८ सोमवारदेखि औषधी पसल बाहेक कुनै पनि पसल नखोल्न जिल्ला प्रशासन कार्यालय बाँकेले अनुरोध गरेको छ । अत्यावश्यक औषधी पसल बाहेक साँझा ४ बजेपछि कुनै पनि पसल नखोल्न जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गरि जानकारी गराएको हो । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसबाट हुन सक्ने संभावित संक्रमणलाई रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारद्धारा देशव्यापी रुपमा जारी भई कार्यन्वयनमा रहेको लकडाउनको आदेशलाई प्रभावकारी बनाउन बाँके जिल्ला भरि सोमवारदेखि लागुहुने गरि अर्को सूचना जारी नभएसम्मको लागि औषधी पसल बाहेक अन्य सम्पुर्ण पसल व्यवसायहरु साँझा ४ बजेदेखि पुर्णरुपमा बन्द हुने व्यवहोरा सवैको लागि अनुरोध गरेको छ । साथै सूचनालाई उलङघन गरेको पाईएमा कानुन बमोजिम कारवाही हुने समेत जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको सुचनामा उल्लेख गरिएको छ  !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!