१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

काठमाडौं परिसर र अपराध महाशाखाको नेतृत्वको लागी ३ एसएसपीबीच प्रतिस्पर्धा

Logo
प्रकाशित सोमबार, बैशाख ०८, २०७७

(एबिसी क्राइम ब्युरो)
काठमाडौं–नेपाल प्रहरीका १० जना डिआईजीको बढुवा सदरसंगै प्रहरीमा एसएसपीको सरुवाको तयारी भएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदी र अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापा डिआईजीमा बढुवा भएसंगै एसएसपीको सरुवाको तयारी भएको हो ।
गृहमन्त्रालय स्रोतले दिएको जानकारीअनुसार काठमाडौं प्रहरी प्रमुखको दौडमा एसएसपी श्याम ज्ञवाली र दिपक थापा छन् । हालका महानगरीय ट्राफिकका प्रमुख रहेका एसएसपी भिम ढकाल पनि काठमाडौं परिसर जान दौडधुपमा लागेपनि उनले जिम्मेवारी पाउंने सम्भावना भने छैन् । तर अपराध महाशाखाको प्रमुखको लागी भने एसएसपी किरण बज्रचार्यलाई पठाउन प्रधानमन्त्री कार्यालयबाट दबाव रहेको स्रोतको दावी छ ।
गृहमन्त्रालयले काठमाडौं परिसरमा एसएसपी ज्ञवाली र अपराध महाशाखामा थापालाई पठाउने तयारी गरेको थियो । तर, ब्रजाचार्यलाई पठाउन प्रधानमन्त्री कार्यालयबाट दबाव आएपछि त्यसमा निर्णय हुन नसकेको हो । महाशाखा र परिसरको लागी दौडधुपमा रहेका ज्ञवाली,थापा र ब्रजाचार्य प्रहरीमा व्यवसायीक अधिकृतका रुपमा चिनिन्छन् ।
सोमबार डिआईजीमा बढुवा भएका सुवेदी र थापाको पदस्थापनपछि प्रहरी मुख्यालयले परिसर महाशाखाको नेतृत्वको टुंगो लगाउनेछ । ‘आईतबार नै गृहमन्त्रालयले एसएसपीहरुको सरुवाको लागी सुचि माग गरेको थियो । तर, प्रहरी मुख्यालयले अहिलेसम्म सुची मन्त्रालय पठाएको छैन् । ’ गृहस्रोतले भन्यो ।
काठमाडौं प्रहरी प्रमुख र अपराध महाशाखकाको नेतृत्वको लागी दौडमा रहेका ज्ञवाली,थापा र ब्रजाचार्य एकै पटक एसएसपीमा बढुवा भएका प्रहरी अधिकृतहरु हुन् । तर,प्रहरी निरीक्षकका रुपमा ज्ञवाली र ब्रजाचार्य २०५१ चैत्रमा र थापा २०५२ भदौमा प्रहरीमा सेवा प्रवेश गरेका थिए । ज्ञवाली हालका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीका सहोदर भाई हुन् । उनि एसपी बढुवामा एक नम्बरमा बढुवामा भएपनि एसएसपी बढुवा हुंदा पनि पछि परेका थिए । थापा भने एसएसपी बढुवा हुंदा आफ्नो ब्याचबाट एक नम्बरमा बढुवा भएका थिए ।
प्रहरीमा काठमाडौं परिसर र अपराध महाशाखाको नेतृत्वमा आउनका प्रहरी अधिकारीबीच तिव्र प्रतिस्पर्धा हुने गरेको छ । प्रहरीको नेतृत्वमा पुग्ने अधिकांश उच्च अधिकारी महाशाखा र परिसर बसेकाहरु पुग्ने भएकाले पनि यो जिम्मेवारीका लागी दौडधुप हुने गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कावासोती । नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोतीमा सञ्चालन हुने जङ्गल सफारीमा पछिल्लो केही दिनयता पाटे बाघ देखिन थालेको छ। पानी घटेसँगै र जङ्गलमा बनाइएका वनपथ र घाँसेमैदानमा वन्यजन्तुको चहलपहल बढेपछि सफारी जाने पर्यटकले बाघ देख्न पाएका हुन्। स्थानीय गाइडहरूका अनुसार अमलटारी र कावासोती क्षेत्रका बफरजोनमा बिहान र साँझको सफारीमा बाघको […]

  पर्सा । वीरगञ्ज महानगरपालिका–१६ स्थित रजत जयन्ती चेकपोस्टमा ड्युटीमा खटिएका प्रहरी हवल्दार ओमप्रकाश यादव टाङ्गाको ठक्करबाट घाइते भएका छन्। प्रहरी चौकी इनर्वामा कार्यरत हवल्दार यादव ड्युटीमा रहेको समयमा टाङ्गाले ठक्कर दिँदा उहाँको खुट्टाको हड्डी भाँचिएको प्रहरीले जनाएको छ। घटनापछि उहाँलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ। प्रहरीका अनुसार हड्डी भाँचिए पनि उहाँको स्वास्थ्य अवस्था […]

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]