१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
×

काठमाडौं परिसर र अपराध महाशाखाको नेतृत्वको लागी ३ एसएसपीबीच प्रतिस्पर्धा

Logo
प्रकाशित सोमबार, बैशाख ०८, २०७७

(एबिसी क्राइम ब्युरो)
काठमाडौं–नेपाल प्रहरीका १० जना डिआईजीको बढुवा सदरसंगै प्रहरीमा एसएसपीको सरुवाको तयारी भएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदी र अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापा डिआईजीमा बढुवा भएसंगै एसएसपीको सरुवाको तयारी भएको हो ।
गृहमन्त्रालय स्रोतले दिएको जानकारीअनुसार काठमाडौं प्रहरी प्रमुखको दौडमा एसएसपी श्याम ज्ञवाली र दिपक थापा छन् । हालका महानगरीय ट्राफिकका प्रमुख रहेका एसएसपी भिम ढकाल पनि काठमाडौं परिसर जान दौडधुपमा लागेपनि उनले जिम्मेवारी पाउंने सम्भावना भने छैन् । तर अपराध महाशाखाको प्रमुखको लागी भने एसएसपी किरण बज्रचार्यलाई पठाउन प्रधानमन्त्री कार्यालयबाट दबाव रहेको स्रोतको दावी छ ।
गृहमन्त्रालयले काठमाडौं परिसरमा एसएसपी ज्ञवाली र अपराध महाशाखामा थापालाई पठाउने तयारी गरेको थियो । तर, ब्रजाचार्यलाई पठाउन प्रधानमन्त्री कार्यालयबाट दबाव आएपछि त्यसमा निर्णय हुन नसकेको हो । महाशाखा र परिसरको लागी दौडधुपमा रहेका ज्ञवाली,थापा र ब्रजाचार्य प्रहरीमा व्यवसायीक अधिकृतका रुपमा चिनिन्छन् ।
सोमबार डिआईजीमा बढुवा भएका सुवेदी र थापाको पदस्थापनपछि प्रहरी मुख्यालयले परिसर महाशाखाको नेतृत्वको टुंगो लगाउनेछ । ‘आईतबार नै गृहमन्त्रालयले एसएसपीहरुको सरुवाको लागी सुचि माग गरेको थियो । तर, प्रहरी मुख्यालयले अहिलेसम्म सुची मन्त्रालय पठाएको छैन् । ’ गृहस्रोतले भन्यो ।
काठमाडौं प्रहरी प्रमुख र अपराध महाशाखकाको नेतृत्वको लागी दौडमा रहेका ज्ञवाली,थापा र ब्रजाचार्य एकै पटक एसएसपीमा बढुवा भएका प्रहरी अधिकृतहरु हुन् । तर,प्रहरी निरीक्षकका रुपमा ज्ञवाली र ब्रजाचार्य २०५१ चैत्रमा र थापा २०५२ भदौमा प्रहरीमा सेवा प्रवेश गरेका थिए । ज्ञवाली हालका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीका सहोदर भाई हुन् । उनि एसपी बढुवामा एक नम्बरमा बढुवामा भएपनि एसएसपी बढुवा हुंदा पनि पछि परेका थिए । थापा भने एसएसपी बढुवा हुंदा आफ्नो ब्याचबाट एक नम्बरमा बढुवा भएका थिए ।
प्रहरीमा काठमाडौं परिसर र अपराध महाशाखाको नेतृत्वमा आउनका प्रहरी अधिकारीबीच तिव्र प्रतिस्पर्धा हुने गरेको छ । प्रहरीको नेतृत्वमा पुग्ने अधिकांश उच्च अधिकारी महाशाखा र परिसर बसेकाहरु पुग्ने भएकाले पनि यो जिम्मेवारीका लागी दौडधुप हुने गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली प्रदेश । सुर्खेत हाम्रो समाज कता जाँदै छ त? ३ वटा संकेत देखिन्छन् दाइ/दिदी, माफी पाउँ” भनेर सकिने कुरा अहिले क्यामरा अगाडि, सामाजिक सञ्जालमा ल्याएर इगोको युद्ध हुन्छ। समन्वय र सद्भावको ठाउँमा “मैले जित्नुपर्छ” भन्ने भावना आयो। अहिले “जे पनि गरेर भाइरल हुनुपर्छ” भन्ने परिपाटी आयो। क्यामरामेन-महिला झगडा पनि भोलि रिल बन्छ। गम्भीर कुरा […]

कपिलवस्तु । कृष्णानगर-१, शिवानगरमा *श्री देवी विद्या पीठ मा.वि.का विद्यार्थीहरूले आज राजमार्ग बन्द गरेका छन्। स्कूलका विद्यार्थीहरु सडकमा ओर्लिने पछाडि सामान्यतया ३-४ वटा कारण हुन्छन्: शैक्षिक माग शिक्षक अभाव, पुराना भवन, प्रयोगशाला/कम्प्युटर ल्याब नहुनु, छात्रवृत्तिको समस्या राजमार्ग नजिकै स्कूल हुँदा जेब्रा क्रसिङ, स्पिड ब्रेकर, ट्राफिक प्रहरीको माग। बागबजारमा हामीले ट्राफिक सचेतनाको कुरा गर्यौं नि, विद्यार्थीको […]

काठमाडौं । जब कुनै व्यक्ति आफ्नै अस्तित्वलाई विस्मृत गर्दै संस्था वा विचारलाई जीवन समर्पित गर्छ, तब उसको जीवन व्यक्तिगत होइन, ऐतिहासिक हुन्छ। तर यदि त्यस्तो समर्पणको अन्त्यमा संगठन कमजोर, दिशाहीन र निष्क्रिय रहन्छ भने, त्यो केवल असफलता होइन एक दार्शनिक शून्यता हो। नेतृत्वको सार केवल पदमा होइन, परिणाममा निहित हुन्छ। यदि कुनै पार्टी वा संस्था, […]

error: Content is protected !!