२४ मंसिर २०८२, बुधबार
10-12-2025 , Wed
×

कृष्णनगर नगरपालिका वडा नं २ मा राहत वितरण हुदै

Logo
प्रकाशित सोमबार, बैशाख ०८, २०७७

कृष्णनगर, वैशाख ८
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं २ मा गुणस्तरयुक्त चामल वितरण भएको सर्वदलीय प्रतिनिधीहरु को भनाइ रहेको छ।
देश भरमा लाकडाउन रहेको अवस्थाले दैनिक ज्यालादारी गर्ने मजदुर अति बिपन्न असहाय श्रमिक परिवारहरु लाई छाक टार्न समस्या भइ रहेकाले नेपाल सरकार ले प्रत्येक स्थानिए सरकार लाई प्रदेश सरकार संग समन्व्य गरि राहत सामग्री वितरण गर्न को लागि कार्यविधि समेत तैयार गरेको थियो। आइतवारका दिन कृष्णनगर नगरपालिका वडा नं २ मा कार्यविधि अनुसार नाम संकलन गरि अतिविपन्न असहाय दैनिक ज्याला मजदूरी गर्नेको नाम संकलन गरि राहत वितरण कार्य अगाडी बढेको देखिन्छ।
आइतबार का दिन वडा नं २ मा करिब २६६ घर परिवार लाई नेपाल सरकार बनाएको कार्यविधीको पूर्ण पालना गरि निश्पक्ष तरिकाले राहत वितरण गर्ने कुरा वडाध्यक्ष संजय गुप्ता ले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतबाट आउने चामल र क्यानडाबाट आउने खाद्य पदार्थहरूमा थप ट्यारिफ (शुल्क) लगाउनेसमेत बताएका हुन्। ट्रम्पका अनुसार दोस्रो देशबाट आउने सस्तो सामानले अमेरिकी किसानलाई नोक्शान पुर्याइरहेको बताए। उनले ह्वाइटहाउसमा आयोजित एक कार्यक्रममा किसानका लागि थप आर्थिक मद्दतका प्याकेज घोषणा गरेका थिए। ट्रम्पले भने,’भारत, भियतनाम र थाइल्यान्ड जस्ता देशले अमेरिकामा धेरै सस्तो चामल बेचिरहेका छन्। […]

रुपन्देही । नवलपरासी पूर्वमा कार्यरत डीएसपी नेपाल बहुविवाहको कसुरमा पक्राउ परेका हुन् । नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले पक्राउ गरेको हो । उनकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले बताए । उनले  भने– ‘केस परेपछि उहाँ आफैँ हिजो साँझ आउनुभएकाे थियाे, […]

पर्सा । भारतीय प्रहरी सादा पोसाकमा नेपाल भित्रिएर वीरगञ्ज–१३ राधेमाई टोलबाट ४० वर्षीय मेघराज साहलाई राति अपहरण शैलीमा नियन्त्रणमा लिएर भारततर्फ लगेका छन्। सार्को भनाइ अनुसार भारतीय नम्बर प्लेटको गाडीमा आएका तीनजनाले आफूलाई ‘भारतीय प्रहरी’ भन्दै साहलाई जबरजस्ती लगेको परिवारले बताएको छ। नेपाल प्रहरीले घटनाबारे कुनै जानकारी नआएको र भारतीय पक्षले समन्वय नगरेको जनाएको छ। […]

error: Content is protected !!