२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

एनएमबि बैंक जितपुर शाखाले गर्यो बाणंगगाको राहत कोषमा खाद्य सामाग्री सहयोग

Logo
प्रकाशित मंगलबार, बैशाख ०९, २०७७

वैशाख ९ , कपिलवस्तु
एनएमबि बैंक लि. जितपुर शाखा कपिलवस्तुले बाणगंगा नगरपालिका द्वारा स्थापना गरिएको राहत कोषमा करिब ६३ हजार रूपैयाँ बराबरको खाद्य सामाग्री सहयोग गरेको छ ।
एनएमबि बैंक जितपुर शाखाका प्रमुख प्रदिप तिवारी र बाणगंगा नगरपालिकाका उप-मेयर चक्रपाणी अर्यालको उपस्थितिमा बैंकले उक्त खाद्य सामाग्री नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
देश कोरोना भाइरस (Covid-19) बाट आक्रान्त बन्दै गइरहेको र लामो समय देखिको लकडाउनको अवस्थामा दैनिक रूपमा मजदुरी गरेर आफ्नो छाक टार्नेहरूको दैनिकी सहज बनाउन यस प्रकारको सहयोग महत्त्वपूर्ण हुने नगरपालिकाका उप-मेयर चक्रपाणी अर्यालले बताउनु भयो ।
एनएमबि बैंकले यस अघि प्रधानमन्त्री राहत कोषमा एक करोड एकाउन्न लाख रूपैयाँ नगद र सात वटै प्रदेशमा सय /सय थान ‘पिपिइ’ हस्तान्तरण गरिसकेको छ भने विभिन्न प्रदेशमा रहेका शाखाहरूले समेत शाखा रहेको नगर र पालिकाहरूमा सहयोग गर्दै आइरहेका छन् ।
बैंकले कपिलवस्तु जिल्ला भित्र बुद्धभूमि नगरपालिका र मायादेवी गाउँपालिकाको राहत कोषमा यस अघि नै खाद्य सामाग्री हस्तान्तरण गरिसकेको एनएमबि बैंक जितपुर शाखाका प्रमुख प्रदिप तिवारीले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!