२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

एनएमबि बैंक जितपुर शाखाले गर्यो बाणंगगाको राहत कोषमा खाद्य सामाग्री सहयोग

Logo
प्रकाशित मंगलबार, बैशाख ०९, २०७७

वैशाख ९ , कपिलवस्तु
एनएमबि बैंक लि. जितपुर शाखा कपिलवस्तुले बाणगंगा नगरपालिका द्वारा स्थापना गरिएको राहत कोषमा करिब ६३ हजार रूपैयाँ बराबरको खाद्य सामाग्री सहयोग गरेको छ ।
एनएमबि बैंक जितपुर शाखाका प्रमुख प्रदिप तिवारी र बाणगंगा नगरपालिकाका उप-मेयर चक्रपाणी अर्यालको उपस्थितिमा बैंकले उक्त खाद्य सामाग्री नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
देश कोरोना भाइरस (Covid-19) बाट आक्रान्त बन्दै गइरहेको र लामो समय देखिको लकडाउनको अवस्थामा दैनिक रूपमा मजदुरी गरेर आफ्नो छाक टार्नेहरूको दैनिकी सहज बनाउन यस प्रकारको सहयोग महत्त्वपूर्ण हुने नगरपालिकाका उप-मेयर चक्रपाणी अर्यालले बताउनु भयो ।
एनएमबि बैंकले यस अघि प्रधानमन्त्री राहत कोषमा एक करोड एकाउन्न लाख रूपैयाँ नगद र सात वटै प्रदेशमा सय /सय थान ‘पिपिइ’ हस्तान्तरण गरिसकेको छ भने विभिन्न प्रदेशमा रहेका शाखाहरूले समेत शाखा रहेको नगर र पालिकाहरूमा सहयोग गर्दै आइरहेका छन् ।
बैंकले कपिलवस्तु जिल्ला भित्र बुद्धभूमि नगरपालिका र मायादेवी गाउँपालिकाको राहत कोषमा यस अघि नै खाद्य सामाग्री हस्तान्तरण गरिसकेको एनएमबि बैंक जितपुर शाखाका प्रमुख प्रदिप तिवारीले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]