२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
×

काठमाडौं परिसरमा SSP ज्ञवाली र अपराध महाशाखामा SSP थापाले पाए जिम्मेवारी

Logo
प्रकाशित मंगलबार, बैशाख ०९, २०७७

काठमाडौं बैशाख ९ गृहमन्त्रालयले काठमाडौं प्रहरी परिसरमा एसएसपी श्याम ज्ञवाली र अपराध महाशाखामा एसएसपी दिपक थापाको सरुवा गरेको छ । गृहमन्त्रालय स्रोतकाअनुसार मन्त्रालयले काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदी र अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापा डिआईजीमा बढुवा भएर पदस्थापन भएपछि दुई एसएसपीको सरुवा भएको हो ।
काठमाडौं परिसरको प्रमुखमा सरुवा भएका ज्ञवाली र थापा दुवै प्रहरीमा व्यवसायीक अधिकृतका रुपमा चिनिन्छन् । काठमाडौं प्रहरी प्रमुख र अपराध महाशाखकाको नेतृत्वमा सरुवा भएका ज्ञवाली र थापा एकै पटक एसएसपीमा बढुवा भएका प्रहरी अधिकृतहरु हुन् । तर,प्रहरी निरीक्षकका रुपमा ज्ञवाली २०५१ चैत्रमा र थापा २०५२ भदौमा प्रहरीमा सेवा प्रवेश गरेका थिए ।
ज्ञवाली हालका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीका सहोदर भाई हुन् । उनि एसपी बढुवामा एक नम्बरमा बढुवामा भएपनि एसएसपी बढुवा हुंदा पनि पछि परेका थिए । थापा भने एसएसपी बढुवा हुंदा आफ्नो ब्याचबाट एक नम्बरमा बढुवा भएका थिए ।
प्रहरीमा काठमाडौं परिसर र अपराध महाशाखाको नेतृत्वमा आउनका प्रहरी अधिकारीबीच तिव्र प्रतिस्पर्धा हुने गरेको छ । प्रहरीको नेतृत्वमा पुग्ने अधिकांश उच्च अधिकारी महाशाखा र परिसर बसेकाहरु पुग्ने भएकाले पनि यो जिम्मेवारीका लागी दौडधुप हुने गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]