१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

सांसद अथकलाई नाम जोडेर झुटाे समाचार लेख्ने २ अनलाइनलाई प्रेस काउन्सिलकाे स्पष्टीकरण पत्र

Logo
प्रकाशित मंगलबार, बैशाख ०९, २०७७

काठमाडौं वैशाख ९ प्रेस काउन्सिल नेपालले नेपालगञ्जबाट सञ्चालित सेतोखरी डट कम र सत्य पार्टी डट कमलाई तीन दिनभित्र जवाफ पेश गर्न स्पष्टीकरण सोधेको छ।
वैशाख ६ गते कोरोना कहर : ‘संसदको कमिशन कनेक्सन’ शीर्षक अन्तर्गत सम्प्रेषित सामग्रीबारे बाँके क्षेत्र नम्बर एकका सांसद महेश्वरजंग गहतराज अथकले आफनो नाम जोडेर झुठो गलत समाचार सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिलमा उक्त अनलाइनलाई कारबाहीको माग गदै उजुरी दिएका थिए।
उजुरी पत्रमा भनिएको छ,‘ म प्रतिनिधिसभा सदस्य बाँके क्षेत्र नं. १ बाट निर्वाचित महेश्वरजंग गहतराज (अथक), मेरो नाम जोडेर मेरो प्रतिष्ठा, व्यक्तिगत र राजनीतिक करियरमा आँच आउने र जिल्लाबासी भ्रमित हुने गरी शतप्रतिशत झुठो, गलत, कुण्ठित मनशायका साथ लेखिएको समाचारप्रति घोर आपत्ति जनाउँदै यस्ता समाचार सम्प्रेषण गर्ने अनलाईनलाई कारबाही लागि निवेदन गर्दछु।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । चुरोटमा विभिन्न खाले अक्सिडेन्ट रसायन पाइन्छ जसले आँखामा समेत असर गर्दछ । जसका कारण आँखाको ज्योति कम हुने, मोतियाविन्दु, म्याकुलर डिजेनेरेसन तथा अप्टिक न्यूरोप्याथी जस्ता समस्या उत्पन्न हुन सक्दछन् । ·  चुरोटमा हुने निकोटिनले सरीरमा एस्ट्रोजेन हर्मोनको प्रभाव कम गरिदिन्छ । जसका कारण हड्डी कमजोर हुन्छ । · चुरोटको धुवाँले सरीरमा रक्तप्रवाह कम गरिदिन्छ । […]

बिरगंज । सुनसरीमा भएको घटनाको विरोधमा आज वीरगञ्जमा पनि हिन्दु संगठनहरूले प्रदर्शन गरेका छन्। सुनसरीको इनरुवामा केही दिनअघि धार्मिक आस्था र संस्कृतिमाथि प्रहार भएको भन्दै स्थानीयमा आक्रोश छ। त्यही घटनालाई लिएर देशभरका विभिन्न जिल्लामा विरोध सुरु भएको हो। विश्व हिन्दु परिषद, बजरंग दल लगायतका संगठन सडकमा उत्रिए दोषीलाई कडा कारबाही गर, धार्मिक भावना माथि प्रहार […]

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

error: Content is protected !!