०८ साउन २०८२, बिहिबार
24-07-2025 , Thu
×

सांसद अथकलाई नाम जोडेर झुटाे समाचार लेख्ने २ अनलाइनलाई प्रेस काउन्सिलकाे स्पष्टीकरण पत्र

Logo
प्रकाशित मंगलबार, बैशाख ०९, २०७७

काठमाडौं वैशाख ९ प्रेस काउन्सिल नेपालले नेपालगञ्जबाट सञ्चालित सेतोखरी डट कम र सत्य पार्टी डट कमलाई तीन दिनभित्र जवाफ पेश गर्न स्पष्टीकरण सोधेको छ।
वैशाख ६ गते कोरोना कहर : ‘संसदको कमिशन कनेक्सन’ शीर्षक अन्तर्गत सम्प्रेषित सामग्रीबारे बाँके क्षेत्र नम्बर एकका सांसद महेश्वरजंग गहतराज अथकले आफनो नाम जोडेर झुठो गलत समाचार सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिलमा उक्त अनलाइनलाई कारबाहीको माग गदै उजुरी दिएका थिए।
उजुरी पत्रमा भनिएको छ,‘ म प्रतिनिधिसभा सदस्य बाँके क्षेत्र नं. १ बाट निर्वाचित महेश्वरजंग गहतराज (अथक), मेरो नाम जोडेर मेरो प्रतिष्ठा, व्यक्तिगत र राजनीतिक करियरमा आँच आउने र जिल्लाबासी भ्रमित हुने गरी शतप्रतिशत झुठो, गलत, कुण्ठित मनशायका साथ लेखिएको समाचारप्रति घोर आपत्ति जनाउँदै यस्ता समाचार सम्प्रेषण गर्ने अनलाईनलाई कारबाही लागि निवेदन गर्दछु।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रुसको सुदूर पूर्वी क्षेत्रमा ४९ जना सवार एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । स्थानीय समाचार एजेन्सीहरूका अनुसार दुर्घटनामा कोही पनि जीवित छैनन् । रुसको नागरिक रक्षा, आपतकालीन तथा विपद् राहत मन्त्रालयले बिहीबार जनाएअनुसार साइबेरियास्थित ‘अंगारा’ एयरलाइनद्वारा सञ्चालित एन–२४ विमान चीनसँग सिमाना जोडिएको अमुर क्षेत्रको टिन्डा सहरमा अवतरण गर्ने क्रममा राडारबाट सम्पर्कविहीन भएको […]

काठमाडौं । भक्तपुरको बोडे सिन्टिटारस्थित एक घरमा बस्दै आएका दुई दिदीबहिनीले आत्महत्या गरेका छन् । मृतकहरूको पहिचान १७ वर्षीय मेनुका कँडेल र १५ वर्षीय सृजना कँडेलको रूपमा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान पौने ७ बजे उनीहरू मृत अवस्थामा फेला परेका हुन् । आत्महत्या पूर्व उनीहरूले आफ्नै मोबाइलबाट सेल्फी मोडमा पासो लगाउने तयारीका […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ। जिल्लाका हिसाबले चाहिँ आज ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य […]

error: Content is protected !!