२१ फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

दाङमा बन्यजन्तुको सिकार गर्न प्रेस लेखेको मोटरसाइकल प्रयोग हतियारसहित ४ जना पक्राउ

Logo
प्रकाशित बुधबार, बैशाख १०, २०७७

(एबिसी क्राईम ब्युरो)
दाङ तुलसीपुर बैशाख ९ बन्यजन्तुको सिकार गर्न गएको अभियोगमा पश्चिम दाङबाट एकनाल भरुवा बन्दुकसहित ४ जना पक्राउ परेका छन्। डिभिजन वन कार्यालय दाङको गस्ति टोलीले मंगलवार दिउँसो साढे ३ बजेतिर शान्तिनगर गाउँपालिका वडा नं. ५ स्थित हात्तिखालसामुदायिक वन क्षेत्रबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं. ५ का मधु शाह, गंगाराम चौधरी, शुकराम चौधरी र रामबहादुर चौधरी रहेका छन । पक्राउपरेका मध्य शाह ६५ बर्षका छन् ।
डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले उनीहरुका साथवाट चारवटा मोटरसाईकल समेत बरामद भएको जानकारीदिएका छन् । बा ६२ प ६४२९, रा ५ प १४६१, रा ३ प ४२९१ र रा ४ प ४४३७ नम्वरको मोटरसाईकलहरु बरामद भएको ज्ञवालीलेजानकारी दिए ।
गस्ति टोलीले नियन्त्रणमा लिएका मोटरासईकल मध्य रा ३ प ४२९१ नम्वरको मोटरसाईकलमा प्रेस लेखेको कागज अगाडि टाँसिएकोथियो । ज्ञवालीका अनुसार वन्यजन्तु सिकारी भइरहेको भने सूचनाको आधारमा आफुहरु त्यहाँ पुग्दा उनीहरुलाई पक्राउ गरिएकोजानकारी दिए ।
दुई दर्जनजति सिकारीको टोली हतियारसहित वन क्षेत्रमा प्रवेश गरेको भन्ने सूचनाको आधारमा डिभिजन वन कार्यालय दाङबाट गएकोटोलीले वनमा खोजी गर्दै जादा उनीहरुलाई पक्राउ गरेको ज्ञवालीले जानकारी दिए । डिभिजन वन कार्यालयबाट २२ जनाको टोलीगस्तिमा गएको हुँदा त्यो देखेर सिकारी बन्दुक छोडेर भागेको ज्ञवालीले बताए ।
लकडाउनको अवधिमा वन कार्यालयको गस्ति टोलीले काठ तस्करीमा प्रयोग भएका तीनवटा ट्रेक्टर र दश जनालाई पक्राउ गरि वन ऐनअन्तरगत मुद्दा चलाएको ज्ञवालीले जानकारी दिए । फरक कोणबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अधिकृत मतदान केन्द्रमा एकजना कर्मचारी पनि नराखी बाहिर जान खोजेपछि सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक र निर्वाचन अधिकृतबीच चर्काचर्की भएको छ। कानुन अनुसार कम्तीमा एकजना बस्नुपर्ने विषयमा दुबै पक्ष आ–आफ्नो अडानमा देखिएका थिए। संवाद जस्ताको त्यस्तै : प्रहरी 👮‍♂️: यहाँ मतदान केन्द्रमा एकजना बस्नु पर्छ, के माथि कुरा गर्नुपर्छ? किन तपाईं कानुनभन्दा माथि […]

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै देशभरको सुरक्षा संयन्त्र पूर्ण रूपमा ‘हाई अलर्ट’ मा राखिएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की ले निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्ने वा उच्छृङ्खल गतिविधि गर्ने जो–कोहीलाई कडा रूपमा बल प्रयोग गरेर नियन्त्रणमा लिइने स्पष्ट चेतावनी दिएका छन्। निर्वाचन सुरक्षा व्यवस्थापनबारे जानकारी दिँदै आईजीपी कार्कीले गृह मन्त्रालयको […]

कर्णाली । सुर्खेत नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दिउँसो १ बजेर ५२ मिनेट जाँदा काठमाडौंबाट गएको ९एन–एओएल दर्ता नम्बर भएको जहाजको टायर पड्किएको हो । जहाजमा ५० यात्रु सवार थिए । जहाज अवतरण गरिसकेपछि पार्किङ क्षेत्रमा जाँदै गर्दा भएको उक्त घटनामा सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको समेत उनले […]

error: Content is protected !!