२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङमा बन्यजन्तुको सिकार गर्न प्रेस लेखेको मोटरसाइकल प्रयोग हतियारसहित ४ जना पक्राउ

Logo
प्रकाशित बुधबार, बैशाख १०, २०७७

(एबिसी क्राईम ब्युरो)
दाङ तुलसीपुर बैशाख ९ बन्यजन्तुको सिकार गर्न गएको अभियोगमा पश्चिम दाङबाट एकनाल भरुवा बन्दुकसहित ४ जना पक्राउ परेका छन्। डिभिजन वन कार्यालय दाङको गस्ति टोलीले मंगलवार दिउँसो साढे ३ बजेतिर शान्तिनगर गाउँपालिका वडा नं. ५ स्थित हात्तिखालसामुदायिक वन क्षेत्रबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं. ५ का मधु शाह, गंगाराम चौधरी, शुकराम चौधरी र रामबहादुर चौधरी रहेका छन । पक्राउपरेका मध्य शाह ६५ बर्षका छन् ।
डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले उनीहरुका साथवाट चारवटा मोटरसाईकल समेत बरामद भएको जानकारीदिएका छन् । बा ६२ प ६४२९, रा ५ प १४६१, रा ३ प ४२९१ र रा ४ प ४४३७ नम्वरको मोटरसाईकलहरु बरामद भएको ज्ञवालीलेजानकारी दिए ।
गस्ति टोलीले नियन्त्रणमा लिएका मोटरासईकल मध्य रा ३ प ४२९१ नम्वरको मोटरसाईकलमा प्रेस लेखेको कागज अगाडि टाँसिएकोथियो । ज्ञवालीका अनुसार वन्यजन्तु सिकारी भइरहेको भने सूचनाको आधारमा आफुहरु त्यहाँ पुग्दा उनीहरुलाई पक्राउ गरिएकोजानकारी दिए ।
दुई दर्जनजति सिकारीको टोली हतियारसहित वन क्षेत्रमा प्रवेश गरेको भन्ने सूचनाको आधारमा डिभिजन वन कार्यालय दाङबाट गएकोटोलीले वनमा खोजी गर्दै जादा उनीहरुलाई पक्राउ गरेको ज्ञवालीले जानकारी दिए । डिभिजन वन कार्यालयबाट २२ जनाको टोलीगस्तिमा गएको हुँदा त्यो देखेर सिकारी बन्दुक छोडेर भागेको ज्ञवालीले बताए ।
लकडाउनको अवधिमा वन कार्यालयको गस्ति टोलीले काठ तस्करीमा प्रयोग भएका तीनवटा ट्रेक्टर र दश जनालाई पक्राउ गरि वन ऐनअन्तरगत मुद्दा चलाएको ज्ञवालीले जानकारी दिए । फरक कोणबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!