२४ मंसिर २०८२, बुधबार
10-12-2025 , Wed
×

नेपाल प्रहरीको २५ जना SP को लागि ६० जना DSP प्रतिस्पर्धामा

Logo
प्रकाशित बुधबार, बैशाख १०, २०७७

(एबिसी क्राइम ब्युरो)
काठमाडौं बैशाख १० नेपाल प्रहरीमा एसएसपी बढुवाको सिफारिस भएसंगै तल्लो तहमा रिक्त पदमा पनि बढुवाको तयारी थालिएको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा मंगलबार साँझ बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका १९ एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस गरेको छ ।
एसएसपी बढुवा सिफारिसको निर्णयसंगै नेपाल प्रहरीमा रिक्त हुने पच्चीस एसपी पदमा बढुवाको लागि गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयले गृहकार्य शुरु गरेको हो । प्रहरी प्रधान कार्यालयको बरियता सुचीअनुसार रिक्त पच्चीस एसपी पदको लागि साठी डीएसपीहरु बीच प्रतिस्पर्धा हुने देखिएको छ ।
२०५५ सालमा राष्ट्रिय अनुसन्धान बिभागबाट नेपाल प्रहरीमा स्थानान्तरण भएका केदार खनाल र राम प्रकाश शाह क्रमशः बरियताको पहिलो र दोश्रो नम्बरमा छन् । त्यस्तै २०५६ असार ३ मा नेपाल प्रहरीको ११२ औं टोलिका तुलबहादुर कार्की, राकेश सिंह, राजिवबहादुर बस्नेत र प्रवीणलाल श्रेष्ठ क्रमशः तेस्रो, चौथो, पाँचौ र छैटौं बरियतामा छन् । उनीहरु ६ जना यस अगाडीको बढुवामा दुईपटक छुटिसकेकोले यसपटकको बढुवा सिफारिसमा पर्ने पक्कापक्की छ ।
आईजीपी ठाकुर ज्ञवालीले बाँकि १९ पदमा २०६९ फागुन १३ मा डीएसपी बढुवा भएको टोलिबाट एसपीमा बढुवा सिफारिस गर्ने मुडमा छन् । तर राजनीतिक दबाब दिएर भएपनी २०७० साउन ६ मा डीएसपीमा बढुवा भएको पछिल्लो टोलिका केही अधिकृत बढुवाको दौडधुपमा लागेका छन् ।
२०५८ साउन १८ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेको अघिल्लो टोलिका ३२ जनामध्ये संजयबहादुर राउत सनम शाक्य हत्या प्रकरण तथा साढे ३३ किलो सुन प्रकरणमा जेल परेका छन् । इन्स्पेक्टरबाट डीएसपी बढुवा हुँदा आफ्नो ब्याचबाट क्रमशः पहिलो र दोश्रो नम्बरमा रहेका भुवनेश्वर तिवारी र ऋषिराम कंडेल यस अगाडिको बढुवामा अन्यायपुर्वक छुटाइएका अधिकृत हुन् । तिवारी र कंडेलका साथै बरियता तथा कार्यसम्पादनमा अब्बल हुँदाहुँदै यस अगाडिको बढुवामा छुटेका बेद बिष्ट, शिवकुमार श्रेष्ठ, सुरेशप्रसाद काफ्ले, प्रकाश मल्ल, अमरेन्द्रबहादुर सिंह, होबिन्द्र बोगटी, प्रभुप्रसाद ढकाल, ज्ञानेन्द्रप्रसाद फुयाल, शान्तिराज कोइराला दीपक पोखरेल र संजयसिंह थापा यसपटकको बढुवामा पर्ने निश्चित देखिएको छ। उक्त टोलिबाट राजकुमार सिलवाल, श्याम सिंह चौधरी, नकुल पोखरेल, दयानिधि ज्ञवाली, महेन्द्र खड्का, पदमबहादुर विष्ट, प्रविण धिताल, बासुदेव खतिवडा, दिपेन्द्र शाही, प्रेमबहादुर बस्नेत, राजेन्द्र बाबु रेग्मी र महेन्द्रकुमार श्रेष्ठ एसपी बढुवाको प्रतिस्पर्धामा छन् ।
२०७० साउन ६ मा डीएसपीमा बढुवा भएका योगेन्द्र सिंह थापा, दिलीप घिमिरे, विरेन्द्र बहादुर शाही, सुवास चन्द्र वोहरा, जनक बहादुर शाही, प्रजित केसी, रामेश्वर कार्की, सन्तोष सिंह राठौर, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, अर्जुन रानाभाट, अर्जुनप्रसाद तिमिल्सीना, चक्रराज जोशी, राजेन्द्रप्रसाद धमला, रमेश पण्डित, सिताराम रिजाल, भिमकिरण बोगटी, सन्तोषकुमार भट्टराई, देवेन्द्रबहादुर पाल, सुमनकुमार तिम्सीना, टिकाबहादुर कार्की, सरोज पौडेल, विष्णुहरी कोईराला, नरहरी रेग्मी, राजेन्द्रप्रसाद अर्याल, नेत्रमणी गिरी, हेरम्ब शर्मा, विनोद शर्मा र बामदेव गौतम एसपी बढुवाको प्रतिस्पर्धी हुन् ।
आईजीपी ठाकुर ज्ञवालीको अध्यक्षतामा बस्ने बढुवा समितिको बैठकले यसै साता डीएसपी बाट एसपीमा बढुवाको लागि सिफारिस गर्ने तयारी थालेको उच्च स्रोतले जानकारी दिएको छ । एआईजी शैलेस थापा क्षेत्री सदस्यसचिव रहने बढुवा समितिमा गृहमन्त्रालयका सहसचिव सदस्य रहनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय सुनरीको निरीक्षण भ्रमण गर्नु भएको छ । मंसिर २४ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै जिल्ला प्रहरी कार्यालय तथा अन्तरगत रहेका प्रहरी इकाईहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । […]

काठमाडौं । जेनजी आन्दोलनका क्रममा टीओबी (टिब्बतीय ओरिजनल ब्लड) अंकित पोशाकसहित प्रदर्शन गर्ने तेञ्जिङ दावालाई मंगलबार काठमाडौं जिल्ला अदालतले ५ लाख २० हजार धरौटीमा रिहा गरेको छ । त्यस्तो कसुरमा धरौटीमा रिहा हुने दावा पहिलो व्यक्ति हैनन्, उनीअघि जेन–जी आन्दोलनमा विभिन्न प्रकारका उदण्डता प्रदर्शन गर्नेमध्ये हालसम्म ८५ जनाले धरौटी सुविधामा रिहा हुने मौका पाएका छन् […]

एजेन्सी । भारतबाट आउने चामल र क्यानडाबाट आउने खाद्य पदार्थहरूमा थप ट्यारिफ (शुल्क) लगाउनेसमेत बताएका हुन्। ट्रम्पका अनुसार दोस्रो देशबाट आउने सस्तो सामानले अमेरिकी किसानलाई नोक्शान पुर्याइरहेको बताए। उनले ह्वाइटहाउसमा आयोजित एक कार्यक्रममा किसानका लागि थप आर्थिक मद्दतका प्याकेज घोषणा गरेका थिए। ट्रम्पले भने,’भारत, भियतनाम र थाइल्यान्ड जस्ता देशले अमेरिकामा धेरै सस्तो चामल बेचिरहेका छन्। […]

error: Content is protected !!