२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपाल प्रहरीको २५ जना SP को लागि ६० जना DSP प्रतिस्पर्धामा

Logo
प्रकाशित बुधबार, बैशाख १०, २०७७

(एबिसी क्राइम ब्युरो)
काठमाडौं बैशाख १० नेपाल प्रहरीमा एसएसपी बढुवाको सिफारिस भएसंगै तल्लो तहमा रिक्त पदमा पनि बढुवाको तयारी थालिएको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा मंगलबार साँझ बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका १९ एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस गरेको छ ।
एसएसपी बढुवा सिफारिसको निर्णयसंगै नेपाल प्रहरीमा रिक्त हुने पच्चीस एसपी पदमा बढुवाको लागि गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयले गृहकार्य शुरु गरेको हो । प्रहरी प्रधान कार्यालयको बरियता सुचीअनुसार रिक्त पच्चीस एसपी पदको लागि साठी डीएसपीहरु बीच प्रतिस्पर्धा हुने देखिएको छ ।
२०५५ सालमा राष्ट्रिय अनुसन्धान बिभागबाट नेपाल प्रहरीमा स्थानान्तरण भएका केदार खनाल र राम प्रकाश शाह क्रमशः बरियताको पहिलो र दोश्रो नम्बरमा छन् । त्यस्तै २०५६ असार ३ मा नेपाल प्रहरीको ११२ औं टोलिका तुलबहादुर कार्की, राकेश सिंह, राजिवबहादुर बस्नेत र प्रवीणलाल श्रेष्ठ क्रमशः तेस्रो, चौथो, पाँचौ र छैटौं बरियतामा छन् । उनीहरु ६ जना यस अगाडीको बढुवामा दुईपटक छुटिसकेकोले यसपटकको बढुवा सिफारिसमा पर्ने पक्कापक्की छ ।
आईजीपी ठाकुर ज्ञवालीले बाँकि १९ पदमा २०६९ फागुन १३ मा डीएसपी बढुवा भएको टोलिबाट एसपीमा बढुवा सिफारिस गर्ने मुडमा छन् । तर राजनीतिक दबाब दिएर भएपनी २०७० साउन ६ मा डीएसपीमा बढुवा भएको पछिल्लो टोलिका केही अधिकृत बढुवाको दौडधुपमा लागेका छन् ।
२०५८ साउन १८ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेको अघिल्लो टोलिका ३२ जनामध्ये संजयबहादुर राउत सनम शाक्य हत्या प्रकरण तथा साढे ३३ किलो सुन प्रकरणमा जेल परेका छन् । इन्स्पेक्टरबाट डीएसपी बढुवा हुँदा आफ्नो ब्याचबाट क्रमशः पहिलो र दोश्रो नम्बरमा रहेका भुवनेश्वर तिवारी र ऋषिराम कंडेल यस अगाडिको बढुवामा अन्यायपुर्वक छुटाइएका अधिकृत हुन् । तिवारी र कंडेलका साथै बरियता तथा कार्यसम्पादनमा अब्बल हुँदाहुँदै यस अगाडिको बढुवामा छुटेका बेद बिष्ट, शिवकुमार श्रेष्ठ, सुरेशप्रसाद काफ्ले, प्रकाश मल्ल, अमरेन्द्रबहादुर सिंह, होबिन्द्र बोगटी, प्रभुप्रसाद ढकाल, ज्ञानेन्द्रप्रसाद फुयाल, शान्तिराज कोइराला दीपक पोखरेल र संजयसिंह थापा यसपटकको बढुवामा पर्ने निश्चित देखिएको छ। उक्त टोलिबाट राजकुमार सिलवाल, श्याम सिंह चौधरी, नकुल पोखरेल, दयानिधि ज्ञवाली, महेन्द्र खड्का, पदमबहादुर विष्ट, प्रविण धिताल, बासुदेव खतिवडा, दिपेन्द्र शाही, प्रेमबहादुर बस्नेत, राजेन्द्र बाबु रेग्मी र महेन्द्रकुमार श्रेष्ठ एसपी बढुवाको प्रतिस्पर्धामा छन् ।
२०७० साउन ६ मा डीएसपीमा बढुवा भएका योगेन्द्र सिंह थापा, दिलीप घिमिरे, विरेन्द्र बहादुर शाही, सुवास चन्द्र वोहरा, जनक बहादुर शाही, प्रजित केसी, रामेश्वर कार्की, सन्तोष सिंह राठौर, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, अर्जुन रानाभाट, अर्जुनप्रसाद तिमिल्सीना, चक्रराज जोशी, राजेन्द्रप्रसाद धमला, रमेश पण्डित, सिताराम रिजाल, भिमकिरण बोगटी, सन्तोषकुमार भट्टराई, देवेन्द्रबहादुर पाल, सुमनकुमार तिम्सीना, टिकाबहादुर कार्की, सरोज पौडेल, विष्णुहरी कोईराला, नरहरी रेग्मी, राजेन्द्रप्रसाद अर्याल, नेत्रमणी गिरी, हेरम्ब शर्मा, विनोद शर्मा र बामदेव गौतम एसपी बढुवाको प्रतिस्पर्धी हुन् ।
आईजीपी ठाकुर ज्ञवालीको अध्यक्षतामा बस्ने बढुवा समितिको बैठकले यसै साता डीएसपी बाट एसपीमा बढुवाको लागि सिफारिस गर्ने तयारी थालेको उच्च स्रोतले जानकारी दिएको छ । एआईजी शैलेस थापा क्षेत्री सदस्यसचिव रहने बढुवा समितिमा गृहमन्त्रालयका सहसचिव सदस्य रहनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]