२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

लकडाउनमा राप्ती नदिमा माछा मार्दै रमाउछन भालुवाङ्गबासी

Logo
प्रकाशित बिहिबार, बैशाख ११, २०७७

(बिदुर एमसी)
भालुवाङ्ग, कोरोनाको महामारीको त्रासले बजार सबैतिर बन्द छ । कतैपनि यसो टाउको घुसाएर एक कप चिया पिउने ठाँउसम्म पाउन मुस्किल छ अचेल ।
दाङ जिल्लाकाे पूर्वी देउखुरीमा पर्ने भालुवाङ्ग बजार यतिखेर लक डाउनका कारण ठप्प छ ।
कहि कतै कुनै काम चलेको छैन, सम्पूर्ण बन्द छ । त्यही बन्दले गर्दा एकछाक मीठो तरकारी हुने साथै समय कटाउन सजिलो भएको छ, यहाँका केही मानिसहरुलाई ।
उसै त लक डाउनले सबै बन्द छ ।
बन्दले नजिकैको देउखुरीमा उत्पादन भएको तरकारी राम्रोसँग आउन पाएको छैन, भालुवाङ्ग बजारसम्म । आयोभने पनि अत्यन्तै कम आउँछ र त्यो पनि महँगो हुने गरेको उपभोक्ताहरु बताउँछन् ।
अनि भालुवा्ङ्ग पुल्चोकका वासिन्दाहरु नजिकैको राप्ती नदितिर जान्छन् । कसैका हातमा थाकल ( खजुरी ) का पातकाे मुठाे, कसैका हातमा पातलो कपडा त कसैका हातमा माछा राख्ने भाडाे हुन्छ उनीहरूशीत ।द
के महिला, के पुरुष, बिहानको खाना खाएर आपसमा मिलेर नदिमा जान्छन् । आपसमा रमाइलो र हासाे ठट्टा गर्दै हाहा र हुहु गरेर राप्तीमा चाेपलिदै माछा मार्नमा तल्लीन देखिन्छन् उनीहरू ।
यो पङ्क्तिकार मोबाइल फोनको क्यामेरा तेर्स्याउदै जब राप्ती नदितिर उनीहरूले भएकोतिर गयो ।
उनीहरूले पनि खुसी भएर उफ्रिदै आपसमा के के भन्न थाले । कसैले युटुवमा हाल्नु भने, त कसैले फ़ेरि टेलिभिजनमा हाल्नु भनेर भने ।
जेहाेस्, यतिखेर राप्ती नदिमा माछा मार्दै दिन कटाउने गरेका छन् उनीहरू ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!