०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

प्रदेश नम्बर ५ प्रहरी प्रमुखको जिम्मेवारी DIG धानुकले सम्हाले

Logo
प्रकाशित शुक्रबार, बैशाख १२, २०७७

(सागर थापा)
पाँच नम्बर प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी रबिन्द्र धानुकले शुक्रबार सरुवा भएर आउनु भएको छ । दाङको तुल्सीपुरमा प्रदेश नम्बर ५. को प्रहरि प्रमुखको जिम्मेवारि सम्हाल्दै डिआइजी धानुकले विभिन्न जिल्लाहरुमा बसेको सुरक्षा चुनौती बारे जानकार रहेको भन्दै शान्ती सुरक्षा कायम गर्ने सवालमा कुनै कसर बाकी नराख्ने डिआइजी धानुकले जानकारी दिनुभयो ।
पहाडी जिल्लामा बिशेष अप्रेसन चलाएर भएपनि जनतालाइ शान्ती सुरक्षा अमन चयन कायम गर्ने सवालमा आफू प्रतिबद्ध रहेको बताउनु भयो ।
डिआइजि धानुकले प्रदेश नम्बर ५ को प्रहरि प्रमुखको रुपमा शुक्रबार देखि जिम्मेवारि सम्हालेका छन । प्रदेश नम्बर ५ को जिल्ला रुपन्देही र रुकुम बस्दा पनि त्यहाको शान्ती सुरक्षा बारे बुझ्ने मौका पाइसकेको र अहिले प्रहरि प्रमुखको जिम्मेवारी पाउदा आफू थप उत्साहीत भएको बताउनु भयो । प्रदेश ५ आफैमा सुरक्षा चुनौती भएको प्रदेश भएकाले त्यहा धानुकलाई उत्कृष्ट कार्य सम्पादनका आधारमा जिम्मेवारि दिइएको प्रहरी स्रोतले बताएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी रहेको दाङको देउखुरीमा राप्ती गाउँपालिका–२ लालमटियाको टुँडिखेलमा ‘सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८२’ सञ्चालन गरिने भएको छ । राप्ती उद्योग वाणिज्य संघ, भालुवाङले आगामी पुस २५ गतेदेखि माघ ११ गतेसम्म महोत्सव सञ्चालन गर्ने जनाइएको छ। संघले सोमवार अपरान्ह भालुवाङस्थित आफ्नै कार्यालयको सभाहलमा पत्रकार सम्मेलन मार्फत […]

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

error: Content is protected !!