११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

भारतको क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई नेपाल ल्याइदै

Logo
प्रकाशित शनिबार, बैशाख १३, २०७७

भारतमा क्वारेन्टाइनमा रहेका नेपालीलाई स्वदेश ल्याइदै
र्यापिड टेस्ट गराउदै क्वारेन्टाइन बसेका नागरिक, भारतीय क्वारेन्टाइनबाट आएका लामबद्ध नेपालीहरु भैरहवा- भारतको नौतनवा क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई स्वदेशतर्फ ल्याउन सुरुवात गरिएको छ । लकडाउनको समयमा नेपाल फर्किने क्रममा सीमाबाट भारतीय क्वारेन्टाइनमा बस्दै आएका नेपालीहरुलाई शुक्रबार साँझबाट नेपाल फिर्ता गर्न थालिएको हो । ३ साता बढि क्वारेन्टाइनमा बसेका उनीहरुको आरडिटी र मलेरिया परीक्षण गरी नेपाल भित्र्याउन थालिएको छ । पहिलो चरणमा नौतनवाको इन्टकलेजमा रहेका एक सय नेपालीहरुलाई शुक्रबार साँझ नेपाल ल्याइएकोे जिल्ला प्रशासन कार्यालयले जनाएको छ
र्यापिड टेस्ट रिपोर्टमा नेगेटिभ आएकाहरूलाई सम्बन्धित गाउँपालिकासँग सहकार्य गरी पठाउन लागिएको छ । पहिलो चरणमा नौतनवा ईन्टर कलेजमा रहेका २ बस विभिन्न जिल्लाका नेपालीहरुलाई ल्याइएको छ । ईलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक ईश्वरी अधिकारी र सशस्त्र प्र्रहरी ३८ नं. गुल्म डण्डाका प्रमुख प्रहरी नायब उपरिक्षक मानबहादुर शाहीसहितको टोलीले उनीहरुलाई क्वारेन्टाइनबाट सीमासम्म ल्याएका हुन । प्रहरी निरीक्षक अधिकारीका अनुसार अर्घाखाचीका ४०, गुल्मीका ३०, पाल्पाको ६, बाग्लुङको ४ रुपन्देहीको ५, धादिङको २, तनहुको ७, कपिलवस्तु २ तथा मोरङ, जाजरकोट, खोटाङ र स्याङजाको १/१जना गरी सय जना रहेका छन् ।
आएका सबै नेपालीहरुको स्वास्थ्य कार्यालय रुपन्देहीले सीमामै र्यापिड टेस्ट गरीरहेको छ । १५ मिनटमा आउने रिपोर्टमा यदी कोरोना नेगेटिभ देखिए सम्बन्धित पालिकाको समन्वयमा गनतव्य तिर जान दिने र पोजिटिभ आए स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशालामा नमुना पठाई विरामीलाई आइसोलेसनमा राखिने स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले नागरिक न्युजलाई बताए । कोरोनासँगै उनीहरुमा औलो रोगको पनि परीक्षण गरिएको छ ।
लकडाउन भएसँगै सिमानाका बेलहियाबाट चैत १८ गते उद्वार गरि नौतनवाको ३ वटा क्वारेनटाइनमा बस्दै आएका छन् । भारतमा रोकिएको नेपालीहरुलाई स्वदेश फर्काएर सफलता भएको प्रदेश सभा सदस्य सान्तोस पाण्डेले बताए । एकै पटक सबैलाई ल्याउदा बढि भिड्भाड र स्वास्थ्य परीक्षणमा पनि समस्या देखिने हुँदा चरण चरणमा स्वदेश ल्याइरहेका छौ सवा ३ सय जना नेपालीहरु छन् ३ दिनमा सबै नेपाल आइपुग्छन् । आएका नेपालीहरुमा परीक्षण नेगेटिभ आए सबैलाई आ–आफ्नो जिल्ला पठाउन सम्बन्धित पालिकालाई जानकारी गराई रुट मिलाएर पठाइने प्रदेश सभा सदस्य पाण्डेले नागरिक न्युजलाई बताए । शुक्रबार १२ जिल्लाका नागरिकहरु आएका छन् ।
सिद्धार्थनगर नगरपालिका, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयले सम्बन्धित पालिकासँग समन्वय गरी यातायातको व्यवस्थापनसहित सबैलाई घर पठाउन लागिएको छ । तत्काल पठाउन नसकिएको नेपालीहरुलाई रुट मिलाएर पठाइने छ ।
भारतमा लकडाउन भएपछि कामका लागि गएका नेपालीहरु स्वेदश फर्किएका थिए । फर्कने क्रममा नेपालमा समेत लकडाउन सुरु भएपछि उनीहरु ३ दिन सीमामा अलपत्र समेत परेका थिए । आज शनिबार १ सय १२ जना नेपाली पनि आउदै छन् , नेपालको क्वारेन्टाइनमा रहेका भारतीयलाइ पनि आज पठाउने विषयमा गृहकार्य भइरहेको छ । नागरिकन्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सोझा जनतालाई ठग्ने चोर/फटाहा कर्मचारीहरू जनता आउदैछन् ताला लगाउन। मुर्दावाद आर्थिक प्रशासन! मुर्दावाद प्रमुख प्रशासक!!” वडाध्यक्ष अधिकारीले आफैले यस्तो सार्वजनिक गुनासो गर्नु भनेको अवस्था निकै गम्भीर छ भन्ने प्रस्ट हुन्छ। जनताको सबैभन्दा नजिकको सरकार वडा हो। त्यही वडाबाट “जनता ताला लगाउन आउँदैछन्” भन्ने आवाज निस्कियो भने प्रशासनमा ठूलो समस्या छ। सेवा प्रवाहमा ढिलाइ […]

कपिलवस्तु । भाइरल पहाडको छेउमा, पुल तल सुन्दर रमणीय झरना नुहाउने ठाउँ भनेर वर्णनले नै मन तानिसक्यो। भालुवाङ जाँदा दाङ र कपिलवस्तुमा रहेकोे त्यो भाइरल पहाड सबैले फोटो खिच्छन्, तर पुल तल यस्तो झरना छ भनेर धेरैलाई थाहै हुँदैन। सजिलो पहुँच सडक खण्डको पुलमुनि नै छ, धेरै हिँड्न पर्दैन प्राकृतिक स्विमिङ पुल चट्टानले घेरिएको कुण्डमा […]

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जेठ महिनामा सम्पन्न भएका प्रहरी गतिविधि तथा शान्ति सुरक्षा अवस्थाबारे प्रेसमिटमार्फत जानकारी सार्वजनिक गरेको छ।प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंह ले जिल्लामा अपराध नियन्त्रण, लागूऔषध विरुद्धको अभियान, फरार प्रतिवादी पक्राउ, ट्राफिक कारबाही तथा विभिन्न सुरक्षा गतिविधिबारे जानकारी गराउनुभयो।

error: Content is protected !!