२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सांसद साजिदा सिदिकीको माग:भ्यूसको लागि गरिखानेलाई दुर्व्यवहार गर्ने अपराधी सोचमाथि कारबाहीको माग,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ १०, २०८३

काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा सिदिकीले उठाएको मुद्दा एकदमै सान्दर्भिक छ। युट्युब, टिकटक, फेसबुक रिल्स बनाएर “भ्यूस” बटुली घर चलाउने हजारौं युवा/महिला छन् नेपालमा। उनीहरूलाई “भिखारी”,समाज बिगार्ने” भनेर गाली गर्ने, दुर्व्यवहार गर्ने सोच साँच्चै अपराधी सोच हो।

डिजिटल दुर्व्यवहार बढ्दो छ कमेन्टमा गाली, थ्रेट, डक्सिङ, महिलालाई चरित्र हत्या गर्ने प्रवृत्ति धेरै छ। यो “अभिव्यक्ति” होइन, साइबर अपराध हो।

कति युवा विदेश जानबाट रोकिएर यहीबाट डलर कमाइरहेका छन्। सरकारले “स्टार्टअप” भन्छ, तर क्रियटरलाई सम्मान दिँदैन।

कानुनले इलेक्ट्रोनिक कारोबार ऐन २०६३ र साइबर अपराध सम्बन्धी कानुनले अनलाइन गाली-गलौज, धम्की, मानहानीलाई कारबाही गर्ने व्यवस्था गरेको छ। तर “अपराधी सोच भएका मानिस” भन्ने मात्रैले पुग्दैन – स्क्रिनसट, लिङ्क, प्रमाण लिएर साइबर ब्युरो काठमाडौं वा जिल्ला प्रहरीमा उजुरी दिनुपर्छ।

स्वतन्त्रताको नाममा कसैले अश्लील, घृणा फैलाउने, हिंसात्मक कन्टेन्ट बनायो भने त्यो पनि कारबाहीमा पर्छ। सांसद सिदिकीले माग गरेको तुरुन्तै पक्रेर कानुनी कारबाही”माग गरेका छन् ।

भ्यूसका लागि भिख माग्नु अपराध होइन, अर्कालाई हेप्नु अपराध हो। सरकारले चाँडै स्पष्ट नीति ल्याओस् भन्ने त मेरो पनि माग हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]