२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कर्णाली प्रदेशमा कोरोना परीक्षण तीव्र बनाउन मुख्य मन्त्री शाहीको निर्देशन

Logo
प्रकाशित आइतबार, बैशाख १४, २०७७

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९)को परीक्षणलाई तीव्र बनाउन निर्देशन गरेका छन् । शनिबार मुख्यमन्त्री शाहीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपत् व्यवस्थापन केन्द्रको बैठकमा बोल्दै पछिल्लो वेला प्रदेशमा भित्रिएका नागरिकहरूलाई केन्द्रित गरी कोरोना परीक्षणलाई तीव्रता दिन निर्देशन गरेका हुन् ।
मुख्यमन्त्री शाहीले लकडाउनले समस्यामा परेका कारण उद्धार गरी जिल्लामा पुगेका मजदुर तथा विद्यार्थीहरूबाट सम्भावित संक्रमणको जोखिम कम गर्न कोरोना परीक्षणलाई तीव्रता दिन जरुरी रहेको बताए । कोरोना परीक्षणका लागि आवश्यक ऱ्यापिड टेस्ट किटलगायतका सामग्रीको तत्काल आपूर्ति व्यवस्था मिलाउन मुख्यमन्त्री शाहीले सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिए ।
उनले संघीय सरकारबाट प्राप्त हुन सक्ने अवस्था भएमा तत्काल माग गर्न र आपूर्ति हुन नसक्ने अवस्थामा खरिद गरेर भए पनि परीक्षणका लागि आवश्यक सामग्रीको व्यवस्थापन गर्नुपर्ने बताए । कोरोनाको जोखिम क्षेत्र पूर्वी तराई र भारतबाट भित्रिएका नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन पनि मुख्यमन्त्री शाहीले निर्देशन दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!