२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

दाङको भालुवाङ्गमा बन भित्र बेवारिसे बम भेटियो

Logo
प्रकाशित सोमबार, बैशाख १५, २०७७

(बिदुर एमसी) दाङ जिल्लाकाे पूर्वी देउखुरी भालुवाङ्ग पुल्चोकको राम जहदी सामुदायिक बनको हाताभित्र एच इ बम फेला परेको छ । आइतबार बिहान सामुदायिक बनका उपभोक्ताहरुले डाडा माथि जानका लागि गाेरेटाे बाटाे खन्ने क्रममा साे शङ्कास्पद बस्तु भेटाएपछी ईलाका प्रहरी कार्यालय भालुवाङलाई खवर गरेका थिए । प्रहरीले सूचना पाए लगत्तै जिल्लाको सदरमुकाम घोराहीबाट आएको नेपाली सेनाको टाेलीले उक्त शङ्कास्पद बस्तु बम नै भएको पुष्टि गर्दै अपरान्ह साे बमलाई बिष्फाेट गरेको थियो । एच इ बम भएकोले बिष्फाेटन हुदा निकै ठूलो अावाज आएको ईलाका प्रहरी कार्यालय भालुवाङ्का प्रहरी प्रमुख प्रहरी निरीक्षक गङ्गा सारुले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) वैदेशिक रोजगारका लागि कुवेत पठाईदिन्छु भनि कुवेत पु¥याई मानवबेचबिखन गरेको अभियोगमा धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बस्ने ४७ वर्षीय श्यामबाबु बराकोटीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बाट पक्राउ गरेको हो ।श्यामबाबु समेतले पीडितलाई नेपाल सरकारबाट […]

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]