२४ मंसिर २०८२, बुधबार
10-12-2025 , Wed
×

लकडाउन उल्लंघन गर्दै टीकापुरमा पेट्रोल हाल्नेको भिड

Logo
प्रकाशित मंगलबार, बैशाख १६, २०७७

(यज्ञराज उपाध्याय) कैलालीको टीकापुरमा लकडाउनको उल्लंघन गर्दै पेट्रोल हाल्नेको भिडभाड लागेको छ । लामो समयपछि पम्पमा पेट्रोल आएपछि मानिसहरुको भिड निकै बाक्लिएलो हो ।
सरकारले पाचौं चरणमा लकडाउनको मिति सारेको भोलिपल्ट नै टीकापुरमा माहोल फरक बनेको छ । यो भिडभाडमा प्रहरी आफै मूकदर्शक बनेको देखिन्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरु समेत भिडभाडको बीचमा भएता पनि सामाजिक दुरि कायम नगरी जम्मा भएको भिडलाई व्यवस्थापन गर्न सकेनन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस नेपालमा नियन्त्रण तथा रोकथाम गर्न गत चैत ११ गतेदेखि सरकारले लकडाउनको घोषणा गरेपछि देशभरकै माहोल शान्त थियो । गत बैशाख ३ गतेदेखि १५ गतेसम्म थप गरिएको लकडाउन आइतबार बसेको मन्त्रीपरिषद् बैठकले १० दिनका लागि १५ गतेदेखि २५ गतेसम्मका लागि थप गरेको हो । अहिले नेपालमा कोरोमा संक्रमित ५२ जना पत्ता लागेकोमा १६ जना सञ्चो भएर घर फर्किसकेका छन । अहिले नेपाल पनि कोरोनाको तेश्रो चरणमा पुग्ने संकेत देखिएको अवस्थामा प्रहरीले नै यसरी दिने छुटले जम्मा भएको भिडबाट धेरै खतरा हुने टीकापुरका सामाजिक व्यक्तित्वहरुको भनाई छ । उनीहरुले प्रहरीको यस्तो मनोमानीले नेपालमा कोरोनाको महामारी चरण सुरु हुन समय नलाग्ने बताएका छन् ।
ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मनोहर भट्टले लकडाउनको सबैले पालना गर्नुपर्ने बताउदै प्रहरीले कसैलाई लकडाउन उल्लंघन गर्ने छुट नदिएको बताए । उनले पेट्रोल हाल्नका लागि सोमबार बिहान २ घन्टाको समय दिएको तर भिड सोचेभन्दा धेरै र फरक किसिमले जम्मा भएको बताए । आकस्मिक कसैलाई पनि पेट्रोल चाहिन सक्ने भएकाले केही छुट दिइएको तर अनावश्यक रुपमा पेट्रोल हाल्नेहरु पनि जम्मा भएको र यसरी आकस्मिक बाहेक अन्यले पेट्रोल हालेको भए आवश्यक कदम अगाडी बढाइने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा कलैयास्थित यातायात व्यवस्था कार्यालयमा व्यापक अनियमितता तथा दुरुपयोगका आरोपहरू सतहमा आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीले तत्काल गम्भीर छानबिन गर्नुपर्ने माग तीव्र बन्दै गएको छ। सेवाग्राही र कार्यालयभित्रका कर्मचारीहरूले यस कार्यालयमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा व्यापक हेरफेर, दलाली र आर्थिक लेनदेन हुने गरेको आरोप सार्वजनिक रूपमा उठाएका छन्। उनीहरूको दाबी अनुसार, […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा तथा विकास समाज कोटेश्वर, प्रहरी वृत्त नयाँ बानेश्वर, प्रहरी प्रभाग कोटेश्वर, प्रहरी प्रभाग काडाँघारी, कागेश्वरी मनहरा नगरपालिका वडा नं. ७,८ र ९ तथा गान्धी आदर्श माध्यमिक विद्यालयको सयुक्त आयोजनामा लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत “लैंङगिक हिंसा […]

बाँके । नेपालगञ्जको सीमावर्ती भारतीय बजार रुपईडिहा क्षेत्रमा भीषण सडक दुर्घटना भएको छ । आज विहान करिब सात बजे रोडवेज बस र माल वाहक ट्रेलर एकआपसमा ठोक्किएका हुन् । घना कुहिरोका कारण भएको दुर्घटनामा ट्रेलरका चालक गम्भीर घाइते भएका छन् । रुपईडिहा थाना क्षेत्रको कुतुबुद्दीन कलवारी गाउँका पासमा भएको दुर्घटनामा ट्रेलर चालक भारतको पंजाब निवासी […]

error: Content is protected !!