०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङको भालुवाङमा कडा बन्यो लकडाउन चेकजाँचमा खटे प्रहरी प्रमुखहरु

Logo
प्रकाशित मंगलबार, बैशाख १६, २०७७

(बिदुर एमसी) दाङ भालुवाङ्ग १६ बैशाख नेपाल सरकारले जारी गरेको लक डाउन दाङको भालुवाङ्गमा मङ्गलवारदेखि निकै सशक्त बनेको छ । नेपाल सरकार, गृह मन्त्रालयकाे निर्देशनमा यसरी सवारीसाधन र यात्रुलाई अावागमनमा निकै निगरानी गरिएको छ । निगरानी गर्न ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख प्रहरी निरिक्षक ( इन्स्पेक्टर ) गङ्गा बहादुर सारु र अस्थायी ट्राफिक प्रहरी कार्यालय भालुवाङ्गका ट्राफिक प्रमुख प्रहरी सहायक निरिक्षक ( असइ ) रञ्जित आचार्य सहितको सुरक्षा निकायको टाेलीले आफै सडकमा खटी ड्युटी गरेका छन ।भालुवाङ्ग क्षेत्रमा लक डाउन झनै कडा बन्दै गएको भन्न सकिन्छ । यसले गर्दा पूर्व तथा पश्चिमबाट आएका सवारीसाधन र यात्रुहरुको निकै खचाखच थियो, मङ्गलवार भालुवाङ्गमा । दैनिक अत्यावश्यक खाद्य प्रयोजनका ढुवानीका मालबाहक गाडीहरु सवारी अनुमतिकाे पास भएकालाई मात्रै जान दिइएको र पास नभएका सवारीसाधनहरुलाई रोकेर केही समयपश्चात् अब उप्रान्त पास बनाएर मात्र गाडी चलाउन सम्बन्धित सवारीसाधन चालकलाई निर्देशन गरिएको थियो । पश्चिम कञ्चनपुर जिल्लाकाे महेन्द्रनगरदेखि पूर्व झापा जिल्लाको काकडभिट्टासम्म हुइकिने गाडीहरूको केन्द्रबिन्दु जस्तै हो, दाङ जिल्लाकाे देउखुरी भालुवाङ । त्यस कारणले अन्य सामान्य समयमा सवारी गाडीहरुकाे यश भालुवाङ्गमा । काेभिड 19 नामक नाेबेल काेराेना भाइरसका संक्रमितहरुको सङ्ख्या बढ्दै गएकाले कोरोनाको उक्त प्रभावलाई निष्तेज पार्न गृह मन्त्रालयले साे कदम चालेको ईलाका प्रहरी भालुवाङका प्रहरी प्रमुख सारुले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!