२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

दाङको भालुवाङमा कडा बन्यो लकडाउन चेकजाँचमा खटे प्रहरी प्रमुखहरु

Logo
प्रकाशित मंगलबार, बैशाख १६, २०७७

(बिदुर एमसी) दाङ भालुवाङ्ग १६ बैशाख नेपाल सरकारले जारी गरेको लक डाउन दाङको भालुवाङ्गमा मङ्गलवारदेखि निकै सशक्त बनेको छ । नेपाल सरकार, गृह मन्त्रालयकाे निर्देशनमा यसरी सवारीसाधन र यात्रुलाई अावागमनमा निकै निगरानी गरिएको छ । निगरानी गर्न ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख प्रहरी निरिक्षक ( इन्स्पेक्टर ) गङ्गा बहादुर सारु र अस्थायी ट्राफिक प्रहरी कार्यालय भालुवाङ्गका ट्राफिक प्रमुख प्रहरी सहायक निरिक्षक ( असइ ) रञ्जित आचार्य सहितको सुरक्षा निकायको टाेलीले आफै सडकमा खटी ड्युटी गरेका छन ।भालुवाङ्ग क्षेत्रमा लक डाउन झनै कडा बन्दै गएको भन्न सकिन्छ । यसले गर्दा पूर्व तथा पश्चिमबाट आएका सवारीसाधन र यात्रुहरुको निकै खचाखच थियो, मङ्गलवार भालुवाङ्गमा । दैनिक अत्यावश्यक खाद्य प्रयोजनका ढुवानीका मालबाहक गाडीहरु सवारी अनुमतिकाे पास भएकालाई मात्रै जान दिइएको र पास नभएका सवारीसाधनहरुलाई रोकेर केही समयपश्चात् अब उप्रान्त पास बनाएर मात्र गाडी चलाउन सम्बन्धित सवारीसाधन चालकलाई निर्देशन गरिएको थियो । पश्चिम कञ्चनपुर जिल्लाकाे महेन्द्रनगरदेखि पूर्व झापा जिल्लाको काकडभिट्टासम्म हुइकिने गाडीहरूको केन्द्रबिन्दु जस्तै हो, दाङ जिल्लाकाे देउखुरी भालुवाङ । त्यस कारणले अन्य सामान्य समयमा सवारी गाडीहरुकाे यश भालुवाङ्गमा । काेभिड 19 नामक नाेबेल काेराेना भाइरसका संक्रमितहरुको सङ्ख्या बढ्दै गएकाले कोरोनाको उक्त प्रभावलाई निष्तेज पार्न गृह मन्त्रालयले साे कदम चालेको ईलाका प्रहरी भालुवाङका प्रहरी प्रमुख सारुले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!