२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङमै पहिलाे पटक घर-घरमा भत्ता लिएर पुगे जनप्रतिनिधि

Logo
प्रकाशित बिहिबार, बैशाख १८, २०७७

(कपिल लामिछाने)
अहिलेकाे बिद्यमान अबस्थालाई मध्येनजर गर्दै तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले दाङमै पहिलाे पटक घर-घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने वानीकाे बिकास गरेकाे छ ।
काेराेना भाईरस(काेभिड१९) काे महामारीलाई मध्येनजर गर्दै देशमा अहिले लकडाउन गरिएकाे छ । यसबिचमा दैनिक ज्यालादारी गर्ने मजदुर, लगाएत यस क्षेत्रमा अलपत्र परेका सबै नागरिकहरुलाई वडाले याे अघि नै उद्धार गरेर सामाजिक सेवा गर्दै आईरहेकाे छ ।
यसैबिचमा अहिले बृद्धबृद्धाहरुले पाउने सामाजिक सुरक्षा भत्ता कतिपय बैङ्कहरुले दिन नमानेकाे र दिएपनि न्युन मात्रामा उपलब्ध गराएकाले आफ्ना वडावासीहरुलाई घर-घरमा नै लगेर भत्ता दिन कदम अगाडी बढाएकाे र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिन सक्दाे प्रयास गर्ने तुलसीपुर उपमहानगरपालकाका वडा अध्यक्ष माधव वलीले बताउनु भयाे ।
तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का जनप्रतिनिधि,कर्मचारी र टाेल बिकास समितिका पदाधिकारीहरु संग समन्वय गर्दै वडाले बिभिन्न चरणहरु बिभाजन गर्दै सामाजिक सुरक्षा भत्ता घरमा नै पुर्याउन थालेकाे हाे । पहिलाे चरणमा प्रत्येक टाेलहरुबाट ५/५ जना गरि १ सय ३१ जनालाई घर-घरमा नै लगेर वडाले सामाजिक सुरक्षा भत्ता वितरण गरेकाे हाे ।
सामाजिक सुरक्षा भत्ता घर-घरमा नै पाउन थालेपछि गाउ समाजमा अहिले गाउघरका बृद्धबृद्धाहरु एकदम खुसी देखिन्छन् । भत्ता लिईसकेपछि एकिकृत नमुना टाेल बिकास संस्थाका ७५ बर्षका टेक बहादुर पुन मगरले सरकारले बृद्धबृद्धाकाे लागी धेरै गरेकाे छ बैङ्कमा घण्टाैँ लाईन लागेर भाेक भाेकै पालाे कुर्नुपर्थ्याे अहिले घरमा नै पैसा बुझ्न पाउदाँ निकै खुसी ब्यक्त गर्नुभयाे ।
यसरी घर-घरमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्य नियमित भयाे भने यस क्षेत्रका जनप्रतिनिधिहरुले मात्रै नभएर सबैमा सेवाकाे भावना अझै फराकिलो भएर आउने थियाे कि ?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!