२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

दाङमै पहिलाे पटक घर-घरमा भत्ता लिएर पुगे जनप्रतिनिधि

Logo
प्रकाशित बिहिबार, बैशाख १८, २०७७

(कपिल लामिछाने)
अहिलेकाे बिद्यमान अबस्थालाई मध्येनजर गर्दै तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले दाङमै पहिलाे पटक घर-घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने वानीकाे बिकास गरेकाे छ ।
काेराेना भाईरस(काेभिड१९) काे महामारीलाई मध्येनजर गर्दै देशमा अहिले लकडाउन गरिएकाे छ । यसबिचमा दैनिक ज्यालादारी गर्ने मजदुर, लगाएत यस क्षेत्रमा अलपत्र परेका सबै नागरिकहरुलाई वडाले याे अघि नै उद्धार गरेर सामाजिक सेवा गर्दै आईरहेकाे छ ।
यसैबिचमा अहिले बृद्धबृद्धाहरुले पाउने सामाजिक सुरक्षा भत्ता कतिपय बैङ्कहरुले दिन नमानेकाे र दिएपनि न्युन मात्रामा उपलब्ध गराएकाले आफ्ना वडावासीहरुलाई घर-घरमा नै लगेर भत्ता दिन कदम अगाडी बढाएकाे र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिन सक्दाे प्रयास गर्ने तुलसीपुर उपमहानगरपालकाका वडा अध्यक्ष माधव वलीले बताउनु भयाे ।
तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का जनप्रतिनिधि,कर्मचारी र टाेल बिकास समितिका पदाधिकारीहरु संग समन्वय गर्दै वडाले बिभिन्न चरणहरु बिभाजन गर्दै सामाजिक सुरक्षा भत्ता घरमा नै पुर्याउन थालेकाे हाे । पहिलाे चरणमा प्रत्येक टाेलहरुबाट ५/५ जना गरि १ सय ३१ जनालाई घर-घरमा नै लगेर वडाले सामाजिक सुरक्षा भत्ता वितरण गरेकाे हाे ।
सामाजिक सुरक्षा भत्ता घर-घरमा नै पाउन थालेपछि गाउ समाजमा अहिले गाउघरका बृद्धबृद्धाहरु एकदम खुसी देखिन्छन् । भत्ता लिईसकेपछि एकिकृत नमुना टाेल बिकास संस्थाका ७५ बर्षका टेक बहादुर पुन मगरले सरकारले बृद्धबृद्धाकाे लागी धेरै गरेकाे छ बैङ्कमा घण्टाैँ लाईन लागेर भाेक भाेकै पालाे कुर्नुपर्थ्याे अहिले घरमा नै पैसा बुझ्न पाउदाँ निकै खुसी ब्यक्त गर्नुभयाे ।
यसरी घर-घरमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्य नियमित भयाे भने यस क्षेत्रका जनप्रतिनिधिहरुले मात्रै नभएर सबैमा सेवाकाे भावना अझै फराकिलो भएर आउने थियाे कि ?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!