२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

पत्रकारहरु निस्काशन तथा तलब कटौती नगर्न फोनिजको आग्रह

Logo
प्रकाशित शुक्रबार, बैशाख १९, २०७७

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले कोरोना भाइरसको सङ्कटलाई देखाएर पत्रकारहरु निस्काशन तथा तलब कटौती नगर्न सम्बन्धित सञ्चारमाध्यमलाई आग्रह गरेको छ । ‘लकडाउन’को कारण देखाउँदै नेपालका अधिकांश सञ्चारमाध्यमले त्यहाँ कार्यरत पत्रकारलाई निस्काशन गर्नाका साथै तलबसमेत कटौती गरेका अवस्थामा फोनिजले त्यसो नगर्न आग्रह गरेको हो। भिडियो कन्फ्रेन्समार्फत आज साँझ बसेको फोनिज संघीय समितिको बैठकले सबैखाले सञ्चारगृहलाई विशेष राहत प्याकेज दिन तीनै तहका सरकारलाई आग्रह गर्ने निर्णयसमेत गरेको फोनिजका संघीय अध्यक्ष डण्ड गुरुङले बताउनुभयो । “नेपालमा लागू गरिएको लकडाउनको मार अहोरात्र खटिने श्रमजीवी पत्रकारमासमेत परेको छ”, उहाँले भन्नुभयो, “जनतालाई सुसूचित गराउने पत्रकारको प्रोत्साहनका लागि भए पनि विशेष राहत प्याकेज उपलब्ध गराउन जरुरी छ ।” बैठकले कठिन अवस्थामा खटिएका पत्रकारलाई समाचार सङ्कलन गर्न आवश्यक सामग्री उपलब्ध गराउन सम्बन्धित सञ्चारगृहलाई आग्रह गरेको छ। सञ्चारगृहले उपलब्ध गराएको परिचयपत्रका आधारमा पत्रकारलाई निर्बाध समाचार सङ्कलन गर्न दिन सम्बन्धित निकायसँग तथा सङ्कटका घडीमा कार्य क्षेत्रमा खट्दा उच्च सावधानी अपनाउन सम्पूर्ण पत्रकारलाई आग्रह गर्नेलगायत निर्णय गरिएको छ। लकडाउन पूर्ण पालना गर्दै आगामी दिनमा सङ्गठनका सबै प्रदेश समितिलाई भर्चुअल बैठक गर्न आग्रहसमेत गरिएको फोनिजका महासचिव मनोज घर्ती मगरले जानकारी दिनुभयो। बैठकमा फोनिजका सातै प्रदेश प्रमुखले आआफ्ना क्षेत्रमा गरिएका क्रियाकलापबारे मौखिक प्रतिवेदन पेश गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!