११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

भारतमा सरकारको निर्णयले दुई हप्ता लकडाउन थप्ने

Logo
प्रकाशित शनिबार, बैशाख २०, २०७७

भारत सरकारले जारी लकडाउन दुई हप्ता थप गर्ने निर्णय गरेको छ । शुक्रवार भारतको गृह मन्त्रालयले कोरोना भाइरस(कोभिड–१९) नियन्त्रणको लागि लगाएको लकडाउन मे १७ सम्म लम्ब्याउने निर्णय गरेको हो । भारतले कोरोना जोखिमलाई हेरेर जिल्लाहरुलाई हरियो, रातो र सुन्तला रंगमा वर्गीकरण गरेको छ । मन्त्रालयका अनुसार यस पटक बढाइएको लकडाउनको अवधिमा मुलुकको ‘रेड जोन’मा रहेका एक सय ३० जिल्लामा कुनै छुट दिइने छैन । दिल्ली, मुम्बई, पुने, अहमदवाद, हैदरावाद, लखनउ, इन्दोर र जयपुर र उत्तर प्रदेशको १९ जिल्ला ‘रेड जोन’ मा परेका छन् । ‘अरेन्ज जोन’ र ‘ग्रीन जोन’मा रहेका जिल्लाहरूलाई भने केही छुट दिइनेछ । २८४ ‘अरेन्ज जोन’मा परेका जिल्लामा पनि ‘रेड जोन’मा जस्तै लकडाउन रहनेछ । तर, यी क्षेत्रमा छुट्ट्याइएको ‘हट स्पट’ बाहिरको क्षेत्रमा भने लकडाउनमा केही छुट हुनेछ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ ३५ हजार भन्दा बढीमा नोवल कोरोना भाइरस सङ्क्रमण देखिएको छ । जसमध्ये ९ हजार जना निको भइसकेका छन् भने एक हजार १५२ जनाको ज्यान गएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । टरीगाउँ विमानस्थल पश्चिम नेपालको महत्वपूर्ण हवाई पूर्वाधारमध्ये एक हो। दाङ उपत्यकाको आर्थिक, शैक्षिक, कृषि, पर्यटन तथा प्रशासनिक महत्वलाई हेर्दा टरीगाउँ विमानस्थलको स्तरोन्नति समयको आवश्यकता बनिसकेको छ। हाल करिब ७५० मिटरको धावनमार्ग रहेको यस विमानस्थलमा साना जहाज मात्र सञ्चालन गर्न सकिन्छ। तर धावनमार्गलाई १,५०० मिटरभन्दा बढी विस्तार गरी ७२ सिट क्षमताका जहाज सञ्चालन गर्ने […]

दाङ । सोझा जनतालाई ठग्ने चोर/फटाहा कर्मचारीहरू जनता आउदैछन् ताला लगाउन। मुर्दावाद आर्थिक प्रशासन! मुर्दावाद प्रमुख प्रशासक!!” वडाध्यक्ष अधिकारीले आफैले यस्तो सार्वजनिक गुनासो गर्नु भनेको अवस्था निकै गम्भीर छ भन्ने प्रस्ट हुन्छ। जनताको सबैभन्दा नजिकको सरकार वडा हो। त्यही वडाबाट “जनता ताला लगाउन आउँदैछन्” भन्ने आवाज निस्कियो भने प्रशासनमा ठूलो समस्या छ। सेवा प्रवाहमा ढिलाइ […]

कपिलवस्तु । भाइरल पहाडको छेउमा, पुल तल सुन्दर रमणीय झरना नुहाउने ठाउँ भनेर वर्णनले नै मन तानिसक्यो। भालुवाङ जाँदा दाङ र कपिलवस्तुमा रहेकोे त्यो भाइरल पहाड सबैले फोटो खिच्छन्, तर पुल तल यस्तो झरना छ भनेर धेरैलाई थाहै हुँदैन। सजिलो पहुँच सडक खण्डको पुलमुनि नै छ, धेरै हिँड्न पर्दैन प्राकृतिक स्विमिङ पुल चट्टानले घेरिएको कुण्डमा […]

error: Content is protected !!