२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँकेमा कोरोना भेटे पछी तीन ठाउँमा घेराबन्दी गरेर सिल

Logo
प्रकाशित शनिबार, बैशाख २०, २०७७

(महेन्द्र सिंह)
बाँके बैशाख २० नेपालगञ्जमा एकजनालाई कोरोना संक्रमण देखिएपछि नगरका तीन ठाउँमा डोरीले घेराबन्दी सिल गरिएको छ ।
वडा प्रहरीले धम्बोझी जुलाहनपुरुवा र डीएसपीरोडस्थित संक्रमितको घरलाई डोरीले घेर्दै सील गरेको हो । संक्रमितले जुलाहनपुरुवास्थित मस्जिदमा आउनुका साथै केटाकेटीलाई पढाउने भएकाले प्रहरीले टोललाई नै डोरीले घेरेर सील गरेको छ । डीएसपीरोडमा रहेको संक्रमितको घरलाई पनि डोरीले घेरेर सील गरिएको छ । धम्बोझीचोकमा रहेको मस्जिदलाई समेत डोरीले घेरिएको छ ।
फूलबारी मस्जिदमा चार वटा मस्जिदका धर्मगुरुको स्वाव संकलन गरेर परीक्षण गर्दा एकजनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितलाई खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसन कक्षमा राखिएको छ ।
संक्रमित लकडाउनको आसपासमा ससुराली नानपारा गएको बुझिएको छ । संक्रमित दैनिक जाने र आउने ठाउँमा सील गरिएको छ । प्रहरीले शुक्रबार साँझ तीन ठाउँमा डोरीले घेरेको थियो । आवश्यक परे अरु ठाउँमा शनिबार डोरी टाँगिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!