११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

संकटको अवस्थामा पत्रकारहरुलाई समयमा तलब देऊ उपाध्यक्ष:पोख्रेल

Logo
प्रकाशित सोमबार, बैशाख २२, २०७७

एबिसी संचार
नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले अहिले कोरोनाको कारण संकटको अवस्था सिर्जना भएको भन्दै यस्तो बेलामा कुनै पनि सन्चारकर्मीलाई हटाउन र तलब दिन ढिलाई नगर्न सन्चारगृहहरुलाई आग्रह गरेका छन् । नेपाल प्रेस युनियन काठमाडौंले आयोजना गरेको नेपालमा प्रेस स्वतन्त्रता र चुनौती विषयक डिजिटल छलफलमा भाग लिँदै उपाध्यक्ष पोख्रेलले पत्रकार महासंघले सन्चारगृहहरुलाई सन्चारकमीहरुलाई उचित हिसावले सम्बोधन गर्न भनिसकेको बताए ।
उनले यो असहज परिस्थितमिा पनि काम गने पत्रकारहरुलाई अतिरिक्त सुविधा दिनका लागि सोच्न पनि उनले मिडिया हाउसहरुलाई आग्रह गरे । पत्रकार महासंघकै ध्यानाकर्षणका कारण कान्तिपुर दैनिकले पत्रकारहरुलाई बेतलवी विदा बसाउने गरि गरेको तयारी फिर्ता लिएको पनि बताए । पत्रकार महासंघ पत्रकारहरुको पेशागत र भौतिक सुरक्षाकै पक्षमा लागिरहेको पनि बताए । उनले अहिले सन्चार क्षेत्रले राज्यलाई आफनो अभिभावक मान्न सक्ने अवस्था नहुनु दुखद भएको बताए । पत्रकारहरुका लागि राहत प्याकेज ल्यान भनेर पटक पटक भन्दा पनि सरकारले नसुनेको र प्रधानमन्त्री केपी ओलीले ४ पटक बोल्दा तीन पटक पत्रकारहरुलाई गाली गरेको भन्दै असन्तुष्टि पनि पोखे ।
लकडाउनका कारण अहिले नेपालका मिडिया समस्यामा पर्दा पनि सरकार भएको महसुस गर्न नपाएको उनको भनाई थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज भारतको सीमा जोडिएको बाँके जिल्लाको विभिन्न नाकाहरु हुँदै साईगाउँको नाकाको बाटो हुँदै खसी-बाख्रा व्यापक तस्करी हुने गरेको पाएको छ । जब कि सुरक्षाको लागि पहिलो चरणमा सशस्त्र प्रहरी बिओपी छ दोस्रो चरणमा नेपाल प्रहरीको साईगाउँ प्रहरी चौकी हुदाहुदै पनि कसरी तस्करी हुन्छ स्थानीयहरुले गुनासो गर्दै प्रहरीहरुले अहिलेसम्म के हेरेर बसेको बताएका छन् […]

काठमाडौँ । सशस्त्र प्रहरीले सीमा नाकामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ । दैनिक सयौँको आवतजावत हुने हुनाले सर्वसाधारणलाई सहजीकरण  र सहयोग गर्न  त्यस्तो टिम परिचालन गर्न लागिएको सशस्त्र प्रहरीका आईजी नारायणदत्त पौडेलले बताए । बिहीबार प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आईजी पौडेलले भने, ‘सीमानामा बोर्डर इन्टर्याक्सन टिम गठन गरिँदै छ ।’ नेपाल […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा लागुऔषध दुर्व्यसन विरुद्धको सचेतनामुलक प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। बिहिबार,उत्सव कुञ्ज पार्टी प्यालेस, बसुन्धारा काठमाडौं महानगरपालिका वडा नं. ३, प्रहरी वृत्त महाराजगञ्ज, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महाराजगञ्ज चक्रपथ युवा क्लब महाराजगञ्ज युवालाई लागुऔषधको दुष्प्रभावबारे जानकारी […]

error: Content is protected !!