२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

बाँकेमा कर्फ्युको उलंघन गर्नेले प्रहरीको गाडीमा तोडफोड गरे

Logo
प्रकाशित मंगलबार, बैशाख २३, २०७७

(एबिसी क्राईम ब्युरो)
बाँके बैशाख २३ नेपालगन्जको त्रिवेणी मोड नजिक स्थानीय र प्रहरीबीच झडप भएकोछ । वडा प्रहरीले माइकिङ्ग गर्दै हिनीरहेको दुरी कायम नगरेर केही भिडभाड धेरै भएर प्रहरीले सम्झाउन खोज्दा उल्टै वडा प्रहरी कार्यालय नेपालगन्जको बा १ झ ८२८४ नम्बरको पीकअप गाडी तोडफोड गरेकाछन् । गाडीको सीसा, झ्याल माइकिङ्ग लगायतमा क्षति पुगेकोछ ।
लकडाउनका बीच लागेको भीड हटाउन खोज्दा प्रहरी र स्थानीयबीच विवाद बढेपछि उत्पन्न परिस्थितीका कारण प्रहरी र स्थानीयबीच झडप भएको हो ।
आक्रोसित स्थानीयलाई साम्य गराँउदा उनीहरले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । लगत्तै जिल्ला प्रहरी कार्यालय बाँकेले ठूलो मात्रामा प्रहरी परिचालन गरि भीड नियन्त्रणमा लिएको थियो ।
बाँकेमा यतिबेला बन्दोबस्तका साथ ठूलो मात्रामा प्रहरी परिचालन गरिएकोछ । प्रहरी घाईते समेत भएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरी बस्नेतले जानकारी दिनुभएको छ ।
जिल्ला प्रशासन बाँकेले नेपालगन्जमा निशेधाज्ञा लागु गरेकै दिन स्थानीयले निशेधाज्ञा उल्लंङघन गर्दै आन्दोलनमा उत्रिएका हुन् । मंगलबार मात्रै नेपालगन्जमा थप ७ जनामा कोरोना पोजेटिभ पाइएकोछ । यो सगै नेपालगन्जमा कोरोना संक्रमित संख्या २३ पुगेकोछ। यस्तो बेलामा आम नागरिकहरु प्रहरीसङ झगडा गरेर होइन मिलेर सहयोग गर्न जरुरी देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!