२६ मंसिर २०८२, शुक्रबार
12-12-2025 , Fri
×

नेपालगन्जमा कर्फ्युको समयमा नेपाली सेना परिचालन

Logo
प्रकाशित मंगलबार, बैशाख २३, २०७७

महेन्द्र सिंह
बाँकेको नेपालगन्जमा को’रोना संक्रमित बढेपछि नि’षधाज्ञा जा’री गर्दै सेना परिचालन गरिएको छ ।मंगलबार देखि बिहीबार रातिसम्म लागु हुनेगरी नेपालगन्ज उपमहानगर क्षेत्रमा नि’षेधज्ञा जा’री गरिएको हो । आजमात्रै नेपालगन्जमा थप सातजना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ । सातैजना नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् । यसअघि आइतबार नेपालगन्जमै १५ जना संक्रमित फेला परेका थिए ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले संक्रमित बढेसँगै चु’नौती थपिएको बताए । उनका अनुसार पहिलो व्यक्तिको सम्पर्कमा आएका ९० जनाको परीक्षण गरिएकोमा २२ जनामा संक्रमण देखिनुले चु’नौती थपिएको हो ।सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार कोरोना संक्रमण देखिएका सबै एकै टोलका हुन् । जसमा ७ वर्षीय बालकदेखि ६० वर्षसम्मका छन् । सबैको अवस्था भने समान्य रहेको उपाध्यायले बताए । उनले भने, “कतिपयले नेपालभन्दा बाहिरका हुन् भन्ने हल्ला गरेको पाइयो त्यस्तो होइन, सबै नेपाली हुन् ।
कोही पनि विदेशबाट आएको देखिँदैन । त्यसैले समुदायस्तरमै फै’लिएको छ कि भन्ने चिन्ता बढेको छ । उनीहरुको कन्ट्याक्ट ट्रेसिङ र ट्’राभल हि’स्ट्री खोज्न पनि चु’नौती थपिएको छ ।” उनका अनुसार स्वास्थ्यकर्मी, नेपाली सेनासहितको ’टोली सु’रक्षामा स’क्रिय भएको छ । सीमा क्षेत्रमा पूर्णरुपमा क’डाइ गरिएको र महानगरभित्र प्रवेशमा रो’क लगाइएको छ ।स्थानीय सुरक्षा अधिकारीका अनुसार सुरुमा एकजना भारतबाट आएको र उनीबाटै को’रोनाभाइरस फैलिएको खबर चर्चामा आए पनि त्यसको पुष्टि हुन सकेको छैन । संक्रमित मध्ये एकै परिवारका तीनजनासम्म छन् ।
को’रोनाभाइरसको परीक्षण नहुँदासम्मको स्थिति सामान्य मानिए पनि अब भने सबैलाई झ’स्काएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी उपाध्याय भन्छन्, “विदेशबाट आएकाहरु भए क’न्ट्याक्ट ट्रे’सिङ र ट्राभल हि’स्ट्री खोज्न सहज हुन्थ्यो । तर उनीहरु सबै स्थानीय हुन् । आजसम्म कता–कता पुगे, क–कसको सम्र्पकमा पुगे । कहिलेबाट उनीहरु संक्रमित थिए यो विषय ग’म्भीर बनेको छ ।” उनीहरुबाट अरुमा पनि को’रोना फैलिएको छ कि भन्ने त्रास पनि बढेर गएको छ । उपाध्यायले नि’षेधाज्ञा क’डाइका साथ लागु गरिने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका एक बरिष्ठ सईले डीआईजी गोविन्द थपलियालाई समेत विवादमा तान्ने हर्कतहरु गर्न थालेका छन् । ती बरिष्ठ सई हुन्, गोपाल थापा । दरबन्दी काठमाडौंमा भएका र काजमा कार्यरत थापाले मधेश प्रदेशका आठ वटै जिल्लाका एसपी र डीआईजीबीच नै दूरी बढाउने काम गरेका छन् । काजमा कार्यरत थापालाई प्रदेशबाट सादा […]

बाँके । अछाम जिल्ला ढकारी गाउँपालिका २ फाटाबगर बस्ने डबले सार्कीका छोरा बर्ष ११ का प्रकाश सार्की हाल भारत पुना महाराष्ट्र हडवसर ससाने नगरमा बस्दै आएको बुधबार साँझ 10/12/2025 ६ बजे देखि अचानक बेपत्ता भएका बिहीबार उनको बस्ने रूम नजिकै किड्नी निकालेर मृत अवस्थामा फेला परेका छन्। प्रवासमा बस्ने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुले आ आफ्नो […]

काठमाडौं । जेनजी आन्दोलन संस्थागतको सम्झौताविरुद्ध सिंहदरबारको गेटमा प्रदर्शन गर्न पुगेका मिराज ढुंगाना र जितेन्द्रकुमार महतोको समूहलाई प्रहरीले पक्राउ गरेको छ। ‘पहिले निकास अनि मात्र निर्वाचन’ भन्दै प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्न खोजेका उनीहरूलाई प्रहरीले अनामनगर पुर्‍याएर छोडेको हो।

error: Content is protected !!