१० भाद्र २०८३, बुधबार
26-08-2026 , Wed
×

नेपालगन्जमा कर्फ्युको समयमा नेपाली सेना परिचालन

Logo
प्रकाशित मंगलबार, बैशाख २३, २०७७

महेन्द्र सिंह
बाँकेको नेपालगन्जमा को’रोना संक्रमित बढेपछि नि’षधाज्ञा जा’री गर्दै सेना परिचालन गरिएको छ ।मंगलबार देखि बिहीबार रातिसम्म लागु हुनेगरी नेपालगन्ज उपमहानगर क्षेत्रमा नि’षेधज्ञा जा’री गरिएको हो । आजमात्रै नेपालगन्जमा थप सातजना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ । सातैजना नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् । यसअघि आइतबार नेपालगन्जमै १५ जना संक्रमित फेला परेका थिए ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले संक्रमित बढेसँगै चु’नौती थपिएको बताए । उनका अनुसार पहिलो व्यक्तिको सम्पर्कमा आएका ९० जनाको परीक्षण गरिएकोमा २२ जनामा संक्रमण देखिनुले चु’नौती थपिएको हो ।सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार कोरोना संक्रमण देखिएका सबै एकै टोलका हुन् । जसमा ७ वर्षीय बालकदेखि ६० वर्षसम्मका छन् । सबैको अवस्था भने समान्य रहेको उपाध्यायले बताए । उनले भने, “कतिपयले नेपालभन्दा बाहिरका हुन् भन्ने हल्ला गरेको पाइयो त्यस्तो होइन, सबै नेपाली हुन् ।
कोही पनि विदेशबाट आएको देखिँदैन । त्यसैले समुदायस्तरमै फै’लिएको छ कि भन्ने चिन्ता बढेको छ । उनीहरुको कन्ट्याक्ट ट्रेसिङ र ट्’राभल हि’स्ट्री खोज्न पनि चु’नौती थपिएको छ ।” उनका अनुसार स्वास्थ्यकर्मी, नेपाली सेनासहितको ’टोली सु’रक्षामा स’क्रिय भएको छ । सीमा क्षेत्रमा पूर्णरुपमा क’डाइ गरिएको र महानगरभित्र प्रवेशमा रो’क लगाइएको छ ।स्थानीय सुरक्षा अधिकारीका अनुसार सुरुमा एकजना भारतबाट आएको र उनीबाटै को’रोनाभाइरस फैलिएको खबर चर्चामा आए पनि त्यसको पुष्टि हुन सकेको छैन । संक्रमित मध्ये एकै परिवारका तीनजनासम्म छन् ।
को’रोनाभाइरसको परीक्षण नहुँदासम्मको स्थिति सामान्य मानिए पनि अब भने सबैलाई झ’स्काएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी उपाध्याय भन्छन्, “विदेशबाट आएकाहरु भए क’न्ट्याक्ट ट्रे’सिङ र ट्राभल हि’स्ट्री खोज्न सहज हुन्थ्यो । तर उनीहरु सबै स्थानीय हुन् । आजसम्म कता–कता पुगे, क–कसको सम्र्पकमा पुगे । कहिलेबाट उनीहरु संक्रमित थिए यो विषय ग’म्भीर बनेको छ ।” उनीहरुबाट अरुमा पनि को’रोना फैलिएको छ कि भन्ने त्रास पनि बढेर गएको छ । उपाध्यायले नि’षेधाज्ञा क’डाइका साथ लागु गरिने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । हर्ड इन्टरनेसनलको पराग सेचन परियोजनाअन्तर्गत घोराही उपमहानगरपालिका–१४ स्थित लखन पार्कमा पराग सेचनका लागि उपयोगी बहुमूल्य फूल तथा अत्यावश्यक वनस्पतिका बिरुवा रोपिएको छ। परियोजनाले आगामी तीन वर्षसम्म पार्कमा आवश्यक पर्ने विभिन्न जातका फूल तथा वनस्पतिका बिरुवा उपलब्ध गराउने भएको छ। परियोजनाअन्तर्गत मंगलबार आयोजित कार्यक्रममा लखन पार्क परिसरमा विभिन्न प्रजातिका फूल तथा वनस्पतिका बिरुवा वृक्षारोपण […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलिले गोप्य सूचनाको आधारमा नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगर र वडा नं. २ सुर्खेत रोडस्थित ३ वटा स्पा सेन्टरमा छापा मारेर भारतीय नागरिक गुडिया खान, दुर्गा थारु तर्कराज देवकोटालाई पक्राउ गरेको छ। उनीहरूले विभिन्न उमेरका नाबालिकालाई गैरकानुनी रूपमा स्पामा काममा लगाएको आरोप छ। बाँके प्रहरीले पीडित बालबालिकाको उद्धार गरेको […]

बाँके । सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी नारायण दत्त पौडेलद्वारा बाँके बर्दिया स्थित सशस्त्र प्रहरी बलका विभिन्न युनिटहरूको औपचारिक निरीक्षण भ्रमण गर्नुभएको छ । निरीक्षणका क्रममा भएका मुख्य कामहरू: बाँके र बर्दियाका विभिन्न बीओपी, गुल्म र बाहिनी मुख्यालयको स्थलगत निरीक्षण गर्दै सुरक्षा व्यवस्था, ब्यारेक, अभिलेख र हातहतियारको अवस्थाबारे जानकारी लिनुभयो। आवश्यक […]