११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

विराटनगर भन्सारमा १ करोड ९ लाख भारतीय रुपैयाँ पक्राउ

Logo
प्रकाशित मंगलबार, बैशाख २३, २०७७

विराटनगर भन्सारबाट सशस्त्र प्रहरीले एक करोड नौ लाख भारतीय रुपैयाँ बरामद गरेको छ ।
मंगलबार दिउँसो एकीकृत भन्सार जाँच चौकी विराटनगर परिसरबाट एक करोड नौ लाख ७९ हजार ५ सय भारतीय रुपैयाँ बरामद भएको हो ।
नाकामा भारतबाट प्रवेश गरेकाे डब्लूबी ७३ ई ७६३५ खाली गाडी चेकजाँच गर्ने क्रममा बाेराभित्र राखेकाे अवस्थामा सो रकम बरामद भएकाे प्रहरी स्राेतले बताएकाे छ ।
खाली गाडीमा गुट्खाको र्यापरले बेरेर लुकाएर ल्याइएको अवस्थामा सो रकम बरामद भएको हो ।
खाली गाडी भएका कारण भारत पक्षले परीक्षण नगरी नेपाल प्रवेशकाे अनुमति दिएकाे थियाे ।
नेपालमा भने जाँच गर्दा बाेराभित्र राखेकाे अवस्थामा रकम बरामद सशस्त्र प्रहरीका एसपी नेत्र कार्कीले जानकारी दिए ।
उनका अनुसार सो रकमसँगै २ जनालाई पनि पक्राउ गरिएको छ ।
सशस्त्र प्रहरीको टोलीले रकम बरामद गरेको विराटनगर भन्सारका प्रमुख शिव भण्डारीले बताए ।
साे रकम हुण्डी काराेवारीले ल्याएकाे हुनसक्ने प्रहरीले बताएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

काठमाडौं । जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने बताएका छन्। श्रावण सोमबारको स्नानका लागि हिँडेका युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै उनले गृहमन्त्री गुरुङको राजीनामा मागेका हुन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो घटनाको तत्काल जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ, जुन […]

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा राति भएको हिंसात्मक झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु तथा थप १० जना गम्भीर घाइते भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। बोलबम जाने तयारी भइरहेका बेला डिजे बाजा बजाउने विषयमा दुई समुदायबीच भएको विवादले उग्र रूप लिएपछि हिंसात्मक झडप भएको थियो। त्यसपछि स्थिति नियन्त्रणमा […]

error: Content is protected !!