२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

लकडाउनमा कडाइ पासको नाममा मान्छे बोक्ने सवारीसाधन माथि चेकजाँच

Logo
प्रकाशित बुधबार, बैशाख २४, २०७७

सागर थापा
जिल्ला प्रशासन कार्यालय दाङले जिल्लामा लकडाउनमा थप कडाई गर्न थालेको छ । मंगलवारको सुरक्षा समितिको बैठकले अबदेखि बेलुका ७ बजेदेखि विहान ५ बजेसम्म पास भएपनि सवारी चलाउन नदिने निर्णय गरेको छ । ‘अत्यावश्यक सवारी साधन बाहेक अब पास भएपनि त्यो समयमा कसैका गाडी गुड्न नदिने निर्णय भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दका अनुसार दाङमा पासको बाहानामा मानिसहरु रातको समयमा जथाभावी हिडडुल गर्न लागेको पाइएपछि यस्तो निर्णय गर्नु परेको हो ।’
पछिल्लो समय छिमेकी जिल्ला बाँकेमा ह्वात्तै कोराना संक्रमित बढेपछि दाङमा लकडाउनमा कडाई गर्न थालिएको छ । प्रहरीले सहर बजारमा बिना काम हिड्नेलाई लाठी समेत लगाउन थालेको छ । अत्यावश्यक काम नपरी सडकमा हिड्नेलाई सडकमै दिनभर होल्ड गर्ने र बेलुकी पख प्रशिक्षण दिएर छोड्न दिएको छ । मंगलवार जिल्लामा १ सय ८१ जनालाई सडकमै होल्ड गरि प्रशिक्षण दिएर छोडिएको दाङ प्रहरी प्रमुख एसपी चंन्दले बताए ।
त्यसैगरी जिल्लाका विभन्न स्थानमा गरि ८० वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणवाट बच्न सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन सुरु गर्दा सुरुका दिनहरुमा प्रहरीले त्यसैगरी सवारी साधन नियन्त्रणमा लिने गरेको थियो । तर यो बीचमा सवारी साधन नियन्त्रणमा लिने क्रम लगभग बन्द भइसकेको थियो । मानिसहरु पनि सडकमा लडकडाउन उलंघन गर्दै हिडिरहेका देखिन्थे । तर अबदेखि फेरि कडाई गर्ने संकेत जिल्ला प्रशासन दाङ र जिल्ला प्रहरीले दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]