१५ आषाढ २०८३, सोमबार
29-06-2026 , Mon
×

लकडाउन जेठ ५ सम्म लम्ब्याउने सरकारको निर्णय

Logo
प्रकाशित बुधबार, बैशाख २४, २०७७

काठमाण्डौं सरकारले जेठ ५ गते सम्म लकडाउन जारी राख्ने निर्णय गरेको छ। बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले देशभर जारी लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो। कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको सुझाव अनुसार विगत ४४ दिन देखि हिँडडुल र सवारी आवतजावतमा लगाइएको प्रतिबन्ध १० दिन थप गरिएको हो। भारतमा लगातार सङ्क्रमणका सङ्ख्या बढेपछिप नेपालमा पनि चिन्ता बढिरहेको छ। त्यहाँ ४९ हजारलाई सङ्क्रमण भएको बताइएको छ भने १६ सयभन्दा धेरैको ज्यान गइसकेको छ। पछिल्लो समय भारतसँगका खुला सिमानामा नेपालले सशस्त्र प्रहरी र नेपाल प्रहरीको गस्ती बढाएको छ। लकडाउनका कारणनै नेपालमा कोरोना रोग नियन्त्रण गर्न सफल भएको सरकारी अधिकारीहरुले बताउँने गरेका छन्। हालसम्म मुलुकभर ८२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। त्यसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन्। सरकारले जारी गरेको लकडाउन आदेशका कारण मजदुर वर्गमा नराम्रो असर परेको छ। सामाजिक दुरी कायम राख्दै लकडाउन खुकुलो बनाउँनुपर्ने आवाज उठेपनि कुनै सुनुवाई हुन सकेको छैन। सरकारले कोरोना नियन्त्रण गर्न परिक्षणको दायरा नबढाएको तथा लकडाउनलाई मात्र हतियारको रुपमा प्रयोग गर्ने गरेको आरोप लाग्दै आएको छ। राहत तथा जनगुनासो सम्बोधनमा कुनै तत्परता नदेखाएको भन्दा असुन्तुष्टि बढिरहेको छ। कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि भन्दै नेपालले लकडाउन थपेको यो पाचौं पटक हो। यसअघि थपिएको म्याद भोलि सकिँदै छ। चैत ११ गते यता सरकारले मानिसहरूको हिँडडुल र सवारी आवतजावतमा प्रतिबन्ध लगाउँदै आएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र खत्रीको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय नेपाल प्रहरीको आन्तरिक कार्यसम्पादन मूल्याङ्कनमा देशभरका प्रदेश प्रहरी कार्यालयमध्ये पहिलो स्थानमा परेको छ। प्रहरी प्रधान कार्यालयले अपराध नियन्त्रण, शान्ति सुरक्षा व्यवस्थापन, नागरिकमुखी सेवा, प्रशासनिक दक्षता तथा समग्र कार्यसम्पादनका आधारमा गरेको मूल्याङ्कनमा लुम्बिनी प्रदेश प्रहरी उत्कृष्ट घोषित भएको हो। डीआईजी खत्रीको नेतृत्वमा […]

दाङ । घोराही उपमहानगरपालिका–१५, मुख्य बजार* आइतबार दिउँसो परेको वर्षापछि पूरै जलमग्न भएको छ। मुसलधारे वर्षा सुरु भएको केही समयमै सडक नदीजस्तै भयो। ढल निकास प्रणालीले थेग्न नसक्दा पानी सडकमा थुनिएर बजार क्षेत्र डुबानमा परेको हो। पसल, मोटरसाइकल, पैदल यात्रु सबैलाई समस्या भएको स्थानीयले बताएका छन्। ढल सानो, पानी धेरै: पुरानो बजारको ढल २० वर्ष […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका२३, जङ्गलिसिंहपुरुवाबाट ठूलो परिमाणको चल्ला नियन्त्रणमा लिएको छ। भारतबाट अवैध बाटो हुँदै नेपाल भित्र्याएको अवस्थामा ३ हजार वटा कुखुराका चल्लाहरु नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय,नेपालगञ्ज, बाँकेमा बुझाइएको छ । क्वारेन्टाइन चेकजाँच छैन*: भित्र्याउनुअघि Bird Flu, Newcastle जस्ता रोगको जाँच हुँदैन। एउटै संक्रमित चल्लाले पूरै फार्म सखाप पार्न सक्छ। भन्सार […]

error: Content is protected !!