२६ मंसिर २०८२, शुक्रबार
12-12-2025 , Fri
×

सीमानाका र हवाई उडान जेठ १८ सम्मको बन्द रहने सरकारको निर्णय

Logo
प्रकाशित बुधबार, बैशाख २४, २०७७

काठमाडौं सरकारले अन्तर्राष्ट्रिय उडान र सीमानाका जेठ १८ सम्म बन्द गर्ने निर्णय गरेको छ। बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिपद् बैठकले सीमा र हवाई क्षेत्रबाट जोखिम कायमै रहेको भन्दै जेठ १८ गते सम्मका लागि बन्द गर्ने निर्णय गरेको हो। सरकारले यसअघिको बैैठकबाट जेठ २ गते सम्मका लागि हवाई उडान र सीमा बन्द गर्ने निर्णय गरेको थियो। बैठकले देशभर जारी लकडाउनको अवधी जेठ ५ गते सम्मका बढाएको छ। यस्तै, सरकारले भोली बैखाश २५ गते बुद्ध जयन्तीका अवसरमा साँझ दिप प्रज्ज्वलन गर्न पनि नागरिकहरुलाई आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका एक बरिष्ठ सईले डीआईजी गोविन्द थपलियालाई समेत विवादमा तान्ने हर्कतहरु गर्न थालेका छन् । ती बरिष्ठ सई हुन्, गोपाल थापा । दरबन्दी काठमाडौंमा भएका र काजमा कार्यरत थापाले मधेश प्रदेशका आठ वटै जिल्लाका एसपी र डीआईजीबीच नै दूरी बढाउने काम गरेका छन् । काजमा कार्यरत थापालाई प्रदेशबाट सादा […]

बाँके । अछाम जिल्ला ढकारी गाउँपालिका २ फाटाबगर बस्ने डबले सार्कीका छोरा बर्ष ११ का प्रकाश सार्की हाल भारत पुना महाराष्ट्र हडवसर ससाने नगरमा बस्दै आएको बुधबार साँझ 10/12/2025 ६ बजे देखि अचानक बेपत्ता भएका बिहीबार उनको बस्ने रूम नजिकै किड्नी निकालेर मृत अवस्थामा फेला परेका छन्। प्रवासमा बस्ने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुले आ आफ्नो […]

काठमाडौं । जेनजी आन्दोलन संस्थागतको सम्झौताविरुद्ध सिंहदरबारको गेटमा प्रदर्शन गर्न पुगेका मिराज ढुंगाना र जितेन्द्रकुमार महतोको समूहलाई प्रहरीले पक्राउ गरेको छ। ‘पहिले निकास अनि मात्र निर्वाचन’ भन्दै प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्न खोजेका उनीहरूलाई प्रहरीले अनामनगर पुर्‍याएर छोडेको हो।

error: Content is protected !!