२६ मंसिर २०८२, शुक्रबार
12-12-2025 , Fri
×

दाङ प्रहरीले लकडाउन उलंघन गर्नेहरुलाई २ घण्टा उभ्याएर प्रशिक्षण दिदै

Logo
प्रकाशित बिहिबार, बैशाख २५, २०७७

(सागर थापा)
जिल्ला प्रहरी कार्यालय दाङले लकडाउन उल्लघंन गर्नेहरु बढ्न थालेपछि प्रहरीले कडाई गरेको छ । कोरोना संक्रमणबाट बच्न घर मै बस्न सरकारले आग्रह गर्दै लकडाउन जारी गरे पनि नागरिकहरु घर बाहिर निस्कीएपछि प्रहरीले सडकमै उभ्याउने र प्रशिक्षण दिने गरेको छ ।
भिडभाडमा जादाँ कोरोनाको संक्रमण फैलन सक्ने भन्दै सरकारले लकडाउन घोषणा गरेको ४५ औ दिन पुगेको छ । दाङमा प्रहरीले बजारमा निस्कीएका व्यक्तिहरुलाई २ घण्टा सडकमै उभ्याउने गरेको छ ।
साथै उनिहरुलाई कोरोना संक्रमण बाट बच्ने उपाय सिकाउनुका साथै लकडाउनेको अर्थका बारेमा प्रहरीले प्रशिक्षण दिने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख गणेश चंन्दले जानकारी दिनुभएको छ । छिमेकी जिल्ला बाँके र रुपन्देहीमा कोरोना संक्रमित व्यक्तिहरु फेला परेपछि दाङमा उच्च सतर्कता अनाउनु अपरिहार्य भएको उहाँको भनाई छ ।
दाङमा खाद्यान्न र तरकारी किनेमेलका लागि आईतबार, मंगलबार र शुक्रबार सातामा तीन दिन बिहान पसल खुल्दै आएको छ । तर अटेरीका कारण बजारमा निस्कने व्यक्तिहरुका सवारी साधनलाई नियन्त्रणमा लिने र व्यक्तिलाई २ घण्टा सडकमै उभ्याउने गरेको दाङ प्रहरी प्रमुख एसपी चंन्दले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका एक बरिष्ठ सईले डीआईजी गोविन्द थपलियालाई समेत विवादमा तान्ने हर्कतहरु गर्न थालेका छन् । ती बरिष्ठ सई हुन्, गोपाल थापा । दरबन्दी काठमाडौंमा भएका र काजमा कार्यरत थापाले मधेश प्रदेशका आठ वटै जिल्लाका एसपी र डीआईजीबीच नै दूरी बढाउने काम गरेका छन् । काजमा कार्यरत थापालाई प्रदेशबाट सादा […]

बाँके । अछाम जिल्ला ढकारी गाउँपालिका २ फाटाबगर बस्ने डबले सार्कीका छोरा बर्ष ११ का प्रकाश सार्की हाल भारत पुना महाराष्ट्र हडवसर ससाने नगरमा बस्दै आएको बुधबार साँझ 10/12/2025 ६ बजे देखि अचानक बेपत्ता भएका बिहीबार उनको बस्ने रूम नजिकै किड्नी निकालेर मृत अवस्थामा फेला परेका छन्। प्रवासमा बस्ने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुले आ आफ्नो […]

काठमाडौं । जेनजी आन्दोलन संस्थागतको सम्झौताविरुद्ध सिंहदरबारको गेटमा प्रदर्शन गर्न पुगेका मिराज ढुंगाना र जितेन्द्रकुमार महतोको समूहलाई प्रहरीले पक्राउ गरेको छ। ‘पहिले निकास अनि मात्र निर्वाचन’ भन्दै प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्न खोजेका उनीहरूलाई प्रहरीले अनामनगर पुर्‍याएर छोडेको हो।

error: Content is protected !!