१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

दाङ वेलझुण्डी उपभोक्ताहरु धमिलो फोहर पानी खान वाध्य

Logo
प्रकाशित बिहिबार, बैशाख २५, २०७७

(एबिसी संचार) दाङ वेलझुण्डी निवासि प्रेम खड्का विहान धारामा पानि भर्न निक्लीनु भयो । पानि भर्न लाग्दा गाग्रीमा फोहरै फोहरको धमिलो पानि देख्नु भयो । त्यो पानि खान योग्य नभएपछि अहिले खानेपानिको समस्या हुँदै आएको खड्काले गुनासो गर्छन् । धमिलो पानि आउने पटक–पटक समस्यामा पनि वेलझुण्डीस्थित खानेपानि संस्थाले गम्भिररुपमा चासो दिएको छैन् । खड्का मात्रै होइन् त्यहाका अधिंकाश उपभोक्ताहरु यो विषयलाई लिएर तुलसिपुर उपमहानगरसम्म पनि पुगिसकेका छन् ।
कोरोनाको महामारी वेलझुण्डी खानेपानि संस्थाका उपभोक्ताहरु धमिलै धमिलो फोहर पानि खान वाध्य तर, समस्या समाधानका लागि खासै पहल भएन् । खानेपानि संस्थाको नेतृत्व पनि समस्या देखेपनि नदेखेजस्तो गर्ने प्रबृत्तिले यो समस्या फेरी आउन थालेको उपभोक्ता खड्काले गुनासो गरे । कोरोनाको महामारीको वेला पनि धारामा आएको फोहर पानि खान यहाँका उपभोक्ताहरु वाध्य भएको भन्दै यसतर्फ गम्भिर भइदिन सम्वन्धित पक्षलाई आग्रह गरे । ‘कोरोनाको महामारीमा धारामा फोहर पानि, त्यसमा पनि माटो मिसीईएको छ, खान योग्य छैन, त्यहाका उपभोक्ताहरु सबैले यस्तो धमिलो पानि खान वाध्य भएका छन्, हुनेले त घरेलु उपाय, विधि प्रकृया गरेर खाला, नहुनेले त त्यसै खानुपर्ने वाध्यता आइलाग्यो–खड्काले आक्रोशीत स्वरमा भने–यो विषयमा सरोकारवाला पक्ष गम्भिर बन्न जरुरी छ, भोलि यहिी फोहर पानि खानुपरेमा मानिसहरु विरामि पर्ने हुन्छ, एउटा महामारी त छदैछ, सानो लापरवाहीले अर्को महामारी ननिम्तीयोस ।’ बेलझुण्डी खानेपानीको लापरवाहीले उपभोक्ताहरु समस्यामा परेका छन् । खानेपानि संस्थाको नेतृत्वको चरम लापरवाहीका कारण अहिले उपभोक्ताहरु यस्तो पानी खान वाध्य भएका हुन् ।
कोरोनाको महामारी वेलझुण्डी खानेपानि संस्थाका उपभोक्ताहरु धमिलै धमिलो फोहर पानि खान वाध्य राज्यले अत्यावस्यक सेवा प्रदायक संस्था बन्द नगर्ने निर्णय गरेपनी बेलझुन्ण्डी खानेपानि उपभोक्ता संस्थाको कार्यालय बुधवारसम्म पनि वन्दनै रहेको छ । सो संस्थाको हालसम्म पनि अधिवेसन हुन सकेको छैन् । संस्थाको नेतृत्वले वैधता पनि गुमाइसकेको एक थरीको आरोप छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ आर्थिक स्रोतको अभावबिच पनि जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा प्रतिबद्ध राप्ती गाउँपालिकाले दमकल प्राप्त गरेपछि राहत महसुस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट खरिद गरिएको दमकल बुधबार गाउँपालिकामा आइपुगेको हो । स्थानीय सरकारसँग सीमित स्रोतसाधन हुँदा अपेक्षित विकास योजना समयमै पूरा गर्न कठिनाइ हुने गरेको […]

मेष : दिन सामान्य छ। हरेक कुरामा सचेत बन्नुपर्ने छ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती हुनेछ। विपक्षीको साथ मिल्नेछ। आम्दानी भन्दा खर्च बढ्नेछ। विज्ञको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुनेछ। वृष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। धन बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मिथुन : […]

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

error: Content is protected !!