२६ मंसिर २०८२, शुक्रबार
12-12-2025 , Fri
×

लोपोन्मुख जंगली जनावर हुडारको जीवितै उद्दार

Logo
प्रकाशित बिहिबार, बैशाख २५, २०७७

(एबिसी क्राईम ब्युरो) डिभिजन बन कार्यालय दाङले संरक्षण सूचीमा सुचिकृत लोपोन्मुख जंगली जनावर हुडारको जीवितै उद्दार गरेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ रझेनामा टाउकोमा चोटपटक लागि घाईते अवस्थामा जंगली जनावर देखिएको भन्ने स्थानियहरुले दिएको सूचनाका आधारमा डिभिजन वन कार्यालय, घोराही तुलसीपुर सव डिभिजन वन कार्यालय, दोघरेबाट गएको संयुक्त गस्ती टोली घटना हुडारको उद्दार गरेको हो । टाउकोमा छर्रागोली लागी घाईते अवस्थामा पल्टीरहेको भाले हुँडारको बुधबार उद्दार गरिएको डिभिजन बन कार्यालय दाङका सूचना अधिकारी खिम बहादुर के सि ले जानकारी दिनु भएको छ ।
घटनास्थलमा छटपटाई रहेको घाईते हुँडारलाई औषधोपचार एवं आवश्यक व्यवस्थापनका लागि आपत्कालीन उद्धार गरी डिभिजन वन कार्यालयमा ल्याईएको छ ।
घटनामा को को संलग्न भएका हुन भनी स्थानियहरु सँग सोधपुछ गर्दा घाईते अवस्थापामा गाँउ छिरेको त्यसलाई कसले घाईते वनाएको हो थाहा नभएको बताएका थिए । घटनाको विषयमा विस्तृत छानविन एवं अनुसन्धान कार्य भईरहेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत एवं सुचना अधिकारी खिम बहादुर केसीले जानकारी दिनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका एक बरिष्ठ सईले डीआईजी गोविन्द थपलियालाई समेत विवादमा तान्ने हर्कतहरु गर्न थालेका छन् । ती बरिष्ठ सई हुन्, गोपाल थापा । दरबन्दी काठमाडौंमा भएका र काजमा कार्यरत थापाले मधेश प्रदेशका आठ वटै जिल्लाका एसपी र डीआईजीबीच नै दूरी बढाउने काम गरेका छन् । काजमा कार्यरत थापालाई प्रदेशबाट सादा […]

बाँके । अछाम जिल्ला ढकारी गाउँपालिका २ फाटाबगर बस्ने डबले सार्कीका छोरा बर्ष ११ का प्रकाश सार्की हाल भारत पुना महाराष्ट्र हडवसर ससाने नगरमा बस्दै आएको बुधबार साँझ 10/12/2025 ६ बजे देखि अचानक बेपत्ता भएका बिहीबार उनको बस्ने रूम नजिकै किड्नी निकालेर मृत अवस्थामा फेला परेका छन्। प्रवासमा बस्ने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुले आ आफ्नो […]

काठमाडौं । जेनजी आन्दोलन संस्थागतको सम्झौताविरुद्ध सिंहदरबारको गेटमा प्रदर्शन गर्न पुगेका मिराज ढुंगाना र जितेन्द्रकुमार महतोको समूहलाई प्रहरीले पक्राउ गरेको छ। ‘पहिले निकास अनि मात्र निर्वाचन’ भन्दै प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्न खोजेका उनीहरूलाई प्रहरीले अनामनगर पुर्‍याएर छोडेको हो।

error: Content is protected !!