२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

काम गरेको तलबको माग गर्दै सगरमाथा सिमेन्टका मजदुर आन्दोलित

Logo
प्रकाशित बिहिबार, बैशाख २५, २०७७

दाङको सगरमाथा सिमेन्टमा काम गर्ने मजदुरहरु आन्दोलनमा उत्रिएका छन्।
काम गरेको पैसा पाउनु पर्ने माग गर्दै करिब २ सय मजदुर आन्दोलनमा उत्रिएको प्रहरीले जनाएको छ।
तलबको माग गर्दै सगरमाथा सिमेन्टका मजदुर आन्दोलित
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले बुधबार विहानै देखि मजदुर आन्दोलनमा उत्रिएको भएपनि बढी होहल्ला गर्न थालेको खबर आएपछि प्रहरी पठाइएको जानकारी दिए।
तलबको माग गर्दै सगरमाथा सिमेन्टका मजदुर आन्दोलित
सगरमाथा सिमेन्ट उद्योगमा काम गर्ने अधिकांस कर्मचारी तथा मजदुर भारतीय छन्।
तलबको माग गर्दै सगरमाथा सिमेन्टका मजदुर आन्दोलित
केही दिन अगाडि मात्रै उद्योगबाट भागेर जान थालेका ६ जना भारतीय नागरिकलाई लमहीबाट प्रहरीले नियन्त्रणमा लिएर फेरि उद्योगमै फर्काइदिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!