२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

चिनियाँ परराष्ट्र मन्त्रालयले नेपालमा पठायो स्वास्थ्य सामग्रीहरु

Logo
प्रकाशित बिहिबार, बैशाख २५, २०७७

चिनियाँ परराष्ट्र मन्त्रालयको एसिया मामिला विभाग र नेपालस्थित चिनियाँ दूतावासले अनुदान पठाएका अत्यावश्यक स्वास्थ्य सामग्री र उपकरण बुधबार स्वास्थ्य मन्त्रालयले बुझेको छ । चीनले १० हजार थान केएन ९५ मास्क, तीन लाख ३८ हजार सर्जिकल मास्क तथा नाै हजार थान पिपिई र प्रोटेक्टिभ गगल्स हस्तान्तरण गरेको चिनियाँ दूतावासले जनाएको छ ।
चीनको गान्सु प्रान्त अनि त्यहाँको सहरी तथा ग्रामीण विकास लगानी समूहले पिपिईलगायतका सामग्री बागमती र प्रदेश ५ लाई यसअघि दिइसकेका छन्। हैनान प्रान्तको बुद्धिष्ट एसाेसिएसन, सेन्जेन सिटीको होंफा मन्दिर तथा लुम्बिनीस्थित चिनियाँ मन्दिरबाट नेपाललाई दुई लाख थान डिस्पोजेबल सर्जिकल मास्क, १० हजार थान केएन ९५ मास्क हस्तान्तरण गरिसकेको चिनियाँ दूतावासले जनाएको छ । कोभिड– १९ विरुद्धको लडाइँमा चीनले नेपाललाई थप सहयोग जारी राख्ने पनि चिनियाँ दूतावासले जनाएको छ ।
यसअघि चीनको सिचुआन, तिब्बतलगायतका प्रान्तहरूले विभिन्न समयमा नेपाललाई अत्यावश्यक मेडिकल सामग्री तथा औषधि उपलब्ध गराउँदै आएका छन् । नयाँ पत्रीकाबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!