१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

नेपाल सरकारले भारतीय सीमाक्षेत्रमा सेनाले गस्ती गर्ने

Logo
प्रकाशित बिहिबार, बैशाख २५, २०७७

कोरोना संक्रमणको त्रासबीच छिमेकी मुलुकसँगको नाकामा कडाइ गर्दै आइरहेको सरकारले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीमाथि आक्रमण हुन थालेपछि सेनालाई गस्तीमा खटाउन सक्ने गरी आवश्यक निर्देशन दिएको छ ।
सीमा नाकाबाट हुने अवैध प्रवेश रोक्दा सुरक्षाकर्मीमाथि नै आक्रमण हुन थालेपछि गृह मन्त्रालयले सीमा क्षेत्रदेखि ५ किलोमिटरको दूरीमा रहने गरी सेनालाई गस्तीमा खटाउन निर्देशन दिएको हो । गृहले त्यसका लागि जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहने सुरक्षा समितिलाई निर्देशन दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जिल्ला सुरक्षा समितिलाई आवश्यकताका आधारमा सुरक्षा व्यवस्थापन गर्न सक्ने गरी निर्देशन दिइएको बताएको राजधानी दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्कायकास्थित बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउने क्रम आज (शनिबार) पनि जारी छ। सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा-१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदै छ । कामपा-१५ स्वयम्भू क्षेत्रका अतिक्रमित घरटहरा हटाउने कार्य जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए। […]

एजेन्सी । दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो । लेवनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । यसै गरि जररियामा […]

काठमाडौं । स्थित नैना Naina & Ishan Jewellers मा दुई जना अपरिचित व्यक्तिहरूले हेल्मेट, मास्क र कालो पहिरनमा आएर लुटपाट गर्ने प्रयास गरेका थिए। उनीहरूसँग बन्दुक र खुकुरी थियो र पसलमा एक्लै रहेको कर्मचारीलाई धम्क्याए। साहसी कर्मचारीले प्रतिरोध गर्दै कराएपछि ती व्यक्तिहरू भाग्न बाध्य भए। यस घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको छ। नेपाल प्रहरी तथा सरकारसमक्ष […]

error: Content is protected !!