२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँकेको नेपालगन्जमा कर्फ्यु हटेयो लकडाउनमा थप कडाइ

Logo
प्रकाशित बिहिबार, बैशाख २५, २०७७

महेन्द्र सिंह
बाँकेको नेपालगन्जमा केही सहज भएको छ यसअघि बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा लगाइएको निशेधाज्ञालाई खुकुलो बनाउने भएपछि नेपालगन्जको दैनिकी सहज हुने भएको हो ।
आज विहीबार बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अगुवाईमा बसेको सर्वदलीय, सर्वपक्षीय वैकठले यस्तो निर्णय गरेको हो ।
सर्वदलीय तथा सर्वपक्षीय बैठकले भोली शुक्रबार विहान ११ बजेदेखि ३ बजेसम्मको अवधिमा सर्वसाधरणलाई छुट् दिइने भएकोछ । बाँके प्रशासनले दिएको यस्तो छुट भने अत्यावश्यक काम, खाद्यान्न तथा औषधी लगायतका सामाग्री खरिद विक्रिका लागि छुट्याइएको हो ।
तर, बाँके प्रशासनले यो समयमा पनि लकडाउनलाई पूर्णरुपमा पालना गराउदैं विना काम घरदेखि बाहिर निस्कने, भीडभाड गर्ने जस्ता काम नगर्न नगराउन आग्रह गर्दै यस्तो गरिएको पाइएमा कानूनी कारबाही समेत गर्ने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताए ।
यो अवधिमा बाँके प्रशासनले जारी गरेको पासका सवारी साधन आवश्यकता अनुसार चल्न दिइनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!