२६ मंसिर २०८२, शुक्रबार
12-12-2025 , Fri
×

एम्बुलेन्समा यात्रुलाई बिमारी बनाएर ओसारपसार गर्ने २ जना पक्राउ

Logo
प्रकाशित सोमबार, बैशाख २९, २०७७

(एबिसी क्राईम ब्युरो)
बारा एम्बुलेन्समा यात्रु ओसारपसार गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बिश्रामपुर गाउँपालिका-२ बस्ने २४ वर्षीय राजन पटेल र सोही गाउँपालिका-३ बस्ने २७ वर्षीय अनिल पटेल रहेका छन् ।
कोरोना भाइरस (कोभिड-१९) का कारण देशभर लकडाउन भैरहेको अवस्थामा उनीहरुले बिरामी बोक्ने अन टेष्ट लेखिएको एम्बुलेन्समा यात्रु बोकी ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान पश्चात जिल्ला प्रशासन कार्यालय बारामा पेश गरिएकोमा उक्त कार्यालयको आदेशले राजन पटेल ७ हजार रुपैयाँ र अनिल पटेल २८ हजार रुपैयाँ धरौटी राखि तारेखमा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका एक बरिष्ठ सईले डीआईजी गोविन्द थपलियालाई समेत विवादमा तान्ने हर्कतहरु गर्न थालेका छन् । ती बरिष्ठ सई हुन्, गोपाल थापा । दरबन्दी काठमाडौंमा भएका र काजमा कार्यरत थापाले मधेश प्रदेशका आठ वटै जिल्लाका एसपी र डीआईजीबीच नै दूरी बढाउने काम गरेका छन् । काजमा कार्यरत थापालाई प्रदेशबाट सादा […]

बाँके । अछाम जिल्ला ढकारी गाउँपालिका २ फाटाबगर बस्ने डबले सार्कीका छोरा बर्ष ११ का प्रकाश सार्की हाल भारत पुना महाराष्ट्र हडवसर ससाने नगरमा बस्दै आएको बुधबार साँझ 10/12/2025 ६ बजे देखि अचानक बेपत्ता भएका बिहीबार उनको बस्ने रूम नजिकै किड्नी निकालेर मृत अवस्थामा फेला परेका छन्। प्रवासमा बस्ने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुले आ आफ्नो […]

काठमाडौं । जेनजी आन्दोलन संस्थागतको सम्झौताविरुद्ध सिंहदरबारको गेटमा प्रदर्शन गर्न पुगेका मिराज ढुंगाना र जितेन्द्रकुमार महतोको समूहलाई प्रहरीले पक्राउ गरेको छ। ‘पहिले निकास अनि मात्र निर्वाचन’ भन्दै प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्न खोजेका उनीहरूलाई प्रहरीले अनामनगर पुर्‍याएर छोडेको हो।

error: Content is protected !!