०६ आश्विन २०८३, मंगलबार
22-09-2026 , Tue
×

तरकारी कुहिन नदिन चेम्बरले घर घरमा तरकारी खोज्ने अभियान सुरु

Logo
प्रकाशित मंगलबार, बैशाख ३०, २०७७

सिसहनियाँ किसानको बारीमा तरकारी कुहिन नदिन तथा सहज अापुर्तीका लागि राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले किसानका घर घरमा तरकारी खोज्ने अभियानलाई निरन्तरता दिएको छ । दाङ चेम्बर अफ कमर्सको समन्वयमा राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले राप्ती गाउँपालिका भित्रका व्यवसायीक खेती गर्ने किसानको घरमै पुगेर तरकारी किनिरहेको चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारीले जानकारी दिएका छन् । चेम्बरले किसान सँग किनेकै मुल्यमा उपभोक्ताहरूको घर घरमा तरकारी पुर्याउने गरेको छ । शनिवार र सोमबार चेम्बरले राप्ती गाउँपालिका वडा नम्बर ५,६,७ र ८ नम्बर वडाबाट भिन्डी,लाैका,करेला,काक्रा,फर्सी,टमाटर,बन­्दागोभी,साग,बोडी,खरभुजा,घिराैला लगायतको तरकारी खरिद गरेको छ । उता दाङ चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष श्रीधर महराले तरकारी बिक्री नभएकै कारण निरास हुन नपर्ने बताएका छन् । पालिका स्तरमा भएका चेम्बरको समन्वयमा दाङ जिल्ला भरि तरकारी खरिद गरि बिक्री गर्ने गरेको अध्यक्ष महराले बताएका छन् । अव चेम्बरले दैनिक रूपमा तरकारी खरिद गर्ने बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । विभिन्न व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक, आधारहीन तथा भ्रामक सामग्री सम्प्रेषण गरी चरित्रहत्या र सामाजिक शान्ति भंग गर्न खोजेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का मनोजकुमार महतो ‘मनोज मानव’ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार महतोविरुद्ध विभिन्न व्यक्ति, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा […]

दाङ । घोराहीबाट लमही जाने सडकखण्ड अन्तर्गत बेल्दमारको पहिलो घुम्तीनेर रातिको समयमा पाटे बाघ देखिएको छ। ट्रकलाई ओभरटेक गर्ने क्रममा पाटे बाघले झम्टिनबाट मुस्किलले ज्यान जोगिएको प्रत्यक्षदर्शीले बताएका छन्। साँझपख उक्त सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन दाङ प्रहरीले सबैमा अनुरोध गरेको छ।

दाङ । घोराही विश्व शान्ति दिवस–२०२६ को अवसरमा ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र, दाङमा प्राकृतिक विपद्का कारण दिवंगत भएका आत्माहरूको शान्तिको कामनासहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। ‘सबैका लागि, जहाँसुकै, हरेक दिन शान्तिमा लगानी गरौँ’ भन्ने यस वर्षको शान्तिको सन्देशसहित सोमबार २०८३ असोज ५ गते (२१ सेप्टेम्बर २०२६) कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाल […]