२१ फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

नेपाल प्रहरीका ५ जिल्लाका एसपीहरुको सरुवा तयारी

Logo
प्रकाशित मंगलबार, बैशाख ३०, २०७७

(एबिसी क्राईम ब्युरो)
काठमाडौं प्रहरी प्रधान कार्यालयले पाँच जिल्लाका एसपीको सरुवा गर्ने तयारी गरेको छ। मोरङका एसपी विश्व अधिकारीको १ बर्ष अवधि पुगिसकेको छ ।
सिरहाका उमाप्रसाद चतुर्वेदी, कास्कीका दानवहादुर कार्की, कपिलबस्तुका दीपशमशेर राणा तथा बाँकेका एसपी वीरवहादुर ओलीको पनि एक बर्ष पुग्न लागेको हुँदा ती जिल्लाहरुमा एसपीको सरुवा गरिन लागिएको गृह स्रोतको भनाइ छ। ओलीको कार्यसम्पादन राम्रो नभए पनि उनी पूर्व गृहमन्त्री जनार्दन शर्माको दबाबमा थमौती हुँदै आएका छन्।
मोरङको एसपीमा सरुवा हुनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रवीण पोखरेल लागिरहेका छन् । उनी अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेमार्फत भनसुन गरेर भए पनि मोरङ सरुवा हुने दाउमा छन् ।
खराब व्यक्तिसँग संगत रहेको र झटो उजुरी गरेर प्रहरीलाई नै फसाउने आरोप लागेका पोखरेललाई प्रहरी प्रधान कार्यालयले नरुचाए पनि अख्तियार प्रमुख घिमिरेको दबाबमा गृह सचिव महेश्वर न्यौपानेले मोरङ पठाउन लागेको स्रोतको दाबी छ।
लोकमानसिंह कार्की प्रमुख आयुक्त हुँदा उनले आफ्नो चाकरी चाप्लुसी गर्ने प्रहरी अधिकृतलाई आकर्षक ठाउँमा सरुवा गर्न दबाब दिने गरेका थिए ।
आकर्षक ठाउँ पाउनका लागि अख्तियारमा सरुवा हुने र कार्कीको चाकरी गर्ने होडबाजी नै चल्ने गरेको थियो । अहिले अख्तियारको हस्तक्षेप प्रहरीमा छ । यसअघि अख्तियार प्रमुख घिमिरेको दबाबमा हेम थापालाई रुपन्देही पठाइएको थियो।
प्रहरीका एक अधिकारीका अनुसार ‘छोरा र भान्जा’ समुहलाई खुशी बनाए मात्र सरुवा हुने हुँदा अहिले चलखेल प्रहरी प्रधान कार्यालयमा नभइ गृह मन्त्रालयमा बढेको छ।
ती जिल्लाहरुमा एसपीहरु भुपेन्द्र खत्री, सन्तोष खड्का, प्रवीण पोखरेल,ओम राना, नवराज अधिकारी,प्रकाश रानाभाट लगायतको सरुवा हुने सँभावना छ । इन्चार्जबाट इन्चार्ज हुन केही एसपी दैनिकजसो गृहमा धाउने गरेका छन् अनलाईन नेपालबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । ओखलढुंगाको अवस्था सामान्य रहेको छ भने भ्रामक सूचना संप्रेषण गर्नेहरूको खोजी जारी रहेको डिएसपी मदन के.सी.ले जानकारी दिएका छन्। ओखलढुंगा प्रहरीले सामाजिक सञ्जालबाट अफवाह फैलाउनेलाई साईबर ब्युरोले कारबाही गर्ने चेतावनी दिएका छन् । भ्रामक सूचना फैलिनबाट रोक्न तथ्य–जाँचकीको बलबुताले मात्रै सम्भव हुँदैन, समग्र सूचना–सञ्चार प्रणाली, पत्रकारिता जगत्, देशको सामाजिक संरचना, संस्कृति र नागरिकको […]

रौतहट । जिल्ला निर्वाचन क्षेत्र नं.–२ अन्तर्गत जिगडवास्थित एक मतदान केन्द्रमा उम्मेदवार किरण साह र महतावा आलामबीच भएको विवादका कारण केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो। दुवै पक्षबीच भनाभन भएपछि मतदान केन्द्रको वातावरण असहज बनेको थियो। सुरक्षाकर्मीले तत्काल हस्तक्षेप गर्दै स्थिति नियन्त्रणमा लिएपछि अवस्था सामान्य बन्दै गएको छ। घटनापछि केही समय मतदान प्रक्रिया प्रभावित भए […]

काठमाडौं । अधिकृत मतदान केन्द्रमा एकजना कर्मचारी पनि नराखी बाहिर जान खोजेपछि सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक र निर्वाचन अधिकृतबीच चर्काचर्की भएको छ। कानुन अनुसार कम्तीमा एकजना बस्नुपर्ने विषयमा दुबै पक्ष आ–आफ्नो अडानमा देखिएका थिए। संवाद जस्ताको त्यस्तै : प्रहरी 👮‍♂️: यहाँ मतदान केन्द्रमा एकजना बस्नु पर्छ, के माथि कुरा गर्नुपर्छ? किन तपाईं कानुनभन्दा माथि […]

error: Content is protected !!