२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

नेपाल प्रहरीका ५ जिल्लाका एसपीहरुको सरुवा तयारी

Logo
प्रकाशित मंगलबार, बैशाख ३०, २०७७

(एबिसी क्राईम ब्युरो)
काठमाडौं प्रहरी प्रधान कार्यालयले पाँच जिल्लाका एसपीको सरुवा गर्ने तयारी गरेको छ। मोरङका एसपी विश्व अधिकारीको १ बर्ष अवधि पुगिसकेको छ ।
सिरहाका उमाप्रसाद चतुर्वेदी, कास्कीका दानवहादुर कार्की, कपिलबस्तुका दीपशमशेर राणा तथा बाँकेका एसपी वीरवहादुर ओलीको पनि एक बर्ष पुग्न लागेको हुँदा ती जिल्लाहरुमा एसपीको सरुवा गरिन लागिएको गृह स्रोतको भनाइ छ। ओलीको कार्यसम्पादन राम्रो नभए पनि उनी पूर्व गृहमन्त्री जनार्दन शर्माको दबाबमा थमौती हुँदै आएका छन्।
मोरङको एसपीमा सरुवा हुनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रवीण पोखरेल लागिरहेका छन् । उनी अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेमार्फत भनसुन गरेर भए पनि मोरङ सरुवा हुने दाउमा छन् ।
खराब व्यक्तिसँग संगत रहेको र झटो उजुरी गरेर प्रहरीलाई नै फसाउने आरोप लागेका पोखरेललाई प्रहरी प्रधान कार्यालयले नरुचाए पनि अख्तियार प्रमुख घिमिरेको दबाबमा गृह सचिव महेश्वर न्यौपानेले मोरङ पठाउन लागेको स्रोतको दाबी छ।
लोकमानसिंह कार्की प्रमुख आयुक्त हुँदा उनले आफ्नो चाकरी चाप्लुसी गर्ने प्रहरी अधिकृतलाई आकर्षक ठाउँमा सरुवा गर्न दबाब दिने गरेका थिए ।
आकर्षक ठाउँ पाउनका लागि अख्तियारमा सरुवा हुने र कार्कीको चाकरी गर्ने होडबाजी नै चल्ने गरेको थियो । अहिले अख्तियारको हस्तक्षेप प्रहरीमा छ । यसअघि अख्तियार प्रमुख घिमिरेको दबाबमा हेम थापालाई रुपन्देही पठाइएको थियो।
प्रहरीका एक अधिकारीका अनुसार ‘छोरा र भान्जा’ समुहलाई खुशी बनाए मात्र सरुवा हुने हुँदा अहिले चलखेल प्रहरी प्रधान कार्यालयमा नभइ गृह मन्त्रालयमा बढेको छ।
ती जिल्लाहरुमा एसपीहरु भुपेन्द्र खत्री, सन्तोष खड्का, प्रवीण पोखरेल,ओम राना, नवराज अधिकारी,प्रकाश रानाभाट लगायतको सरुवा हुने सँभावना छ । इन्चार्जबाट इन्चार्ज हुन केही एसपी दैनिकजसो गृहमा धाउने गरेका छन् अनलाईन नेपालबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गरेको छ । पछिल्लो एक महिनामा कार्यसम्पादनमा कमजोरी देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको हो । सोमबार मात्र सिराहाका एसपी सन्तोष आचार्य र इलामका वासुदेव खतिवडालाई कारबाहीस्वरूप हटाइएको छ ।त्यस्तै एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका […]

(एबिसि संचार )                                                                चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार […]

(एबिसि संचार )                                                                काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।जहाज क्याप्टेन लबिस चन्दले […]