२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

लकडाउन कडा र कार्यलयहरू बन्द गर्न प्रधानमन्त्री ओलीको निर्देशन

Logo
प्रकाशित मंगलबार, बैशाख ३०, २०७७

काठमाडौं विगत ५० दिनदेखि जारी लकडाउन पछिल्ला दिनहरुमा केहि खुकुलो पारिएको थियो । तर सोमबार २३ र मंगलबार एकैदिन ५७ जना संक्रमित भेटिएपछि लकडाउन थप कडा पारिने भएको छ । संक्रमितको संख्या १ सय ९१ पुगेलगत्तै प्रधानमन्त्री केपी ओलीले लकडाउन कडा पार्न निर्देशन दिइसकेका छन् ।
मन्त्रिपरिषदको मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउन खुकुलो बनाएकोमा आक्रोश पोख्दै अहिलेको अवस्थालाई लकडाउन नै भनिँदैन भन्दै कडा रुपमा प्रस्तुत भएका थिए । उनले लकडाउन कडा पार्न तत्काल कदम चाल्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएका हुन् ।
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं लगायतका ठाउँमा लकडाउन थप कडा पार्न निर्देशन दिएका छन् ।प्रधानमन्त्री ओलीले मान्छेको जीवनभन्दा आर्थिक गतिविधि ठूलो होइन भन्दै लकडाउनमा कुनै सम्झौता नहुने बताएका हुन् ।
सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूको काम सुचारु गर्ने नाममा काठमाडौंमा लकडाउन औचित्यहीन बनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमै असन्तुष्टि व्यक्त गरेका छन् ।मन्त्रिपरिषद्को मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउन कडा पार्न तत्काल कदम चाल्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशनसमेत दिएका एक मन्त्रीले बताए ।
प्रधानमन्त्रीले पछिल्लो तीन दिनयता काठमाडौंमा देखिएको दृश्यबाट देशले अर्को क्षति बेहोर्न सक्ने बताएका यही । उनले लकडाउनमा खेलाँची गरिएको र यसले ठुलो मानवीय क्षति बेहोर्नुपर्ने अवस्था हुने समेत बताए ।प्रधानमन्त्री ओलीले उच्चस्तरीय समितिको सुझावका आधारमा बैङ्क तथा वित्तीय संस्था र अत्यावश्यक सेवाका उद्योगहरू खोल्न दिइँदा लकडाउन औचित्यहीन भएको बताएका थिए ।
उनले अब यसरी हुँदैन भन्दै कडा कदम चाल्न निर्देशन दिएको मन्त्रीहरूले बताएका छन् ।प्रधानमन्त्रीको निर्देशन लगत्तै आजै अपराह्न उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठक बसेर लकडाउन कडा पार्ने बारे छलफल हुने भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!