१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

भारतले नेपालमा बाटो निर्माण गरे पछी जनमोर्चा दाङको चर्को बिरोध

Logo
प्रकाशित बुधबार, बैशाख ३१, २०७७

सागर थापा नेपाल सरकार संग सरोकारै नराखी नेपाली भुमी हुँदै चिनको मानसरोवर सम्म जाने बाटो निर्माण गरि उदघाटन गरेको बिरोधमा दाङ्को घोराहीमा बिरोध हकार्यक्रम भएको छ । उक्त कार्यक्रम लाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले सरकारको अगुवाइमा कुटनैतिक पहल र बार्ता मार्फत आफ्नो भुमीको रक्षा गर्नु पर्ने कुरा बताउनु भयो । नेपालको सिमा काली नदि भएको र त्यस यता नेपाल संग सरोकारै नगरी भारतले बाटो निर्माण गरेर उसले नेपालको राष्ट्रियता र स्वाधिनता माथी धाबा बोलेको हुदा सम्पुर्ण नेपाली एक भएर त्यसको प्रतिरोध गर्नु पर्ने कुरामा जोड दिनु भयो । प्रहरिको अबरोधका बिचमा भएको कार्यक्रममा यसरी रोगको संक्रमण हुन सक्ने जटिल अबस्थामा सडकमा आएर बोल्न रहर नभएर देशको मायाले बाध्य भएको कुरा बताउनु भयो । कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी रामजी थारु र नेकपा माले दाङका सचीव नेत्र प्रकाश पान्डे लगायतले मन्तब्य राख्नु भएको थियोे भने कार्यक्रमको संचालन राष्ट्रिय जनमोर्चा का जिल्ला सदस्य सुशील पोख्रेल ले गर्नु भएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ आर्थिक स्रोतको अभावबिच पनि जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा प्रतिबद्ध राप्ती गाउँपालिकाले दमकल प्राप्त गरेपछि राहत महसुस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट खरिद गरिएको दमकल बुधबार गाउँपालिकामा आइपुगेको हो । स्थानीय सरकारसँग सीमित स्रोतसाधन हुँदा अपेक्षित विकास योजना समयमै पूरा गर्न कठिनाइ हुने गरेको […]

मेष : दिन सामान्य छ। हरेक कुरामा सचेत बन्नुपर्ने छ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती हुनेछ। विपक्षीको साथ मिल्नेछ। आम्दानी भन्दा खर्च बढ्नेछ। विज्ञको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुनेछ। वृष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। धन बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मिथुन : […]

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

error: Content is protected !!