२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

एकै दिन राप्ती गाउँपालिकामा भारतबाट अाएका ३० जना क्वारेन्टानमा भर्ना

Logo
प्रकाशित बुधबार, बैशाख ३१, २०७७

ओमप्रकाश गुप्ता/बिदुर एमसी
भालुवाङ ३१ वैशाख । एकै दिन भारतको विभिन्न ठाउँबाट राप्ती गाउँपालिकामा अाएका ३० जना पुरूषहरूलाई क्वारेन्टानमा भर्ना गरिएको छ । जस अनुसार सर्वोदय मावि सिसहनियाँमा भारतको भिमन्डी र अलिगढबाट कृष्णनगर वोडर सम्म अाएका ६ जनालाई गाउँपालिकाले एम्बुलेन्स मार्फत ल्याएर भर्ना गरेको छ । जसमा राप्ती गाउँपालिका वडा नम्बर ६ को ३ जना,वडा नम्बर ९ को २ जना र बंगलाचुली गाउँपालिका वडा नम्बर ७ को १ जनालाई सामान्य स्वास्थ्य चेकजाँच गरि भर्ना गरिएको छ । भने अादर्श नमुना मावि लालमटियाको क्वारेन्टाइनमा भारतको पनेढीबाट साइकल यात्रा गरि कृष्णनगर नाकाबाट राप्ती गाउँपालिकामा अाएका २४ जनालाई भर्ना गरिएको छ । जसमा वडा नम्बर ९ का १५ जना,वडा नम्बर ५ का १ जना,वडा नम्बर ३ का १ जना र बंगलाचुली गाउँपालिका वडा नम्बर ८ का ७ जनालाई भर्ना गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् । विभिन्न ठाउँबाट घुलमिल हुँदै राप्ती गाउँपालिकामा अाइपुगेका उनीहरू सवैलाई सामान्य चेकजाँच गरि क्वारेन्टाइनमा भर्ना गरिएको हो । भर्ना भएका सवै १९ देखि ६२ वर्ष उमेरका पुरूष हुन् । उनीहरूको बुधबार नै पिसिअारका लागि स्वाप संकलन गरिने स्वास्थ्य शाखा प्रमुख राउतले बताएका छन् । स्वाप संकलन गरेको २/३ दिन भित्र नेगेटिभ रिपोर्ट अाए सुरक्षित तरिकाले होम क्वारेन्टाइनमा बस्न सुझाव दिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]

(एबिसि संचार ) नेपाल पत्रकार महासंघको २७ औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । शुक्रबार र शनिबार राष्ट्रिय सभागृहमा हुने महाधिवेशनको आज बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसअघि शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकाल्ने कार्यक्रम रहेको छ । केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरू काठमाडौंमा आइसकेका छन् […]