२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

एकै दिन राप्ती गाउँपालिकामा भारतबाट अाएका ३० जना क्वारेन्टानमा भर्ना

Logo
प्रकाशित बुधबार, बैशाख ३१, २०७७

ओमप्रकाश गुप्ता/बिदुर एमसी
भालुवाङ ३१ वैशाख । एकै दिन भारतको विभिन्न ठाउँबाट राप्ती गाउँपालिकामा अाएका ३० जना पुरूषहरूलाई क्वारेन्टानमा भर्ना गरिएको छ । जस अनुसार सर्वोदय मावि सिसहनियाँमा भारतको भिमन्डी र अलिगढबाट कृष्णनगर वोडर सम्म अाएका ६ जनालाई गाउँपालिकाले एम्बुलेन्स मार्फत ल्याएर भर्ना गरेको छ । जसमा राप्ती गाउँपालिका वडा नम्बर ६ को ३ जना,वडा नम्बर ९ को २ जना र बंगलाचुली गाउँपालिका वडा नम्बर ७ को १ जनालाई सामान्य स्वास्थ्य चेकजाँच गरि भर्ना गरिएको छ । भने अादर्श नमुना मावि लालमटियाको क्वारेन्टाइनमा भारतको पनेढीबाट साइकल यात्रा गरि कृष्णनगर नाकाबाट राप्ती गाउँपालिकामा अाएका २४ जनालाई भर्ना गरिएको छ । जसमा वडा नम्बर ९ का १५ जना,वडा नम्बर ५ का १ जना,वडा नम्बर ३ का १ जना र बंगलाचुली गाउँपालिका वडा नम्बर ८ का ७ जनालाई भर्ना गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् । विभिन्न ठाउँबाट घुलमिल हुँदै राप्ती गाउँपालिकामा अाइपुगेका उनीहरू सवैलाई सामान्य चेकजाँच गरि क्वारेन्टाइनमा भर्ना गरिएको हो । भर्ना भएका सवै १९ देखि ६२ वर्ष उमेरका पुरूष हुन् । उनीहरूको बुधबार नै पिसिअारका लागि स्वाप संकलन गरिने स्वास्थ्य शाखा प्रमुख राउतले बताएका छन् । स्वाप संकलन गरेको २/३ दिन भित्र नेगेटिभ रिपोर्ट अाए सुरक्षित तरिकाले होम क्वारेन्टाइनमा बस्न सुझाव दिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!