१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

दाङका ३६ नेपाल भारत सीमा क्षेत्रहरुमा उच्च सुरक्षा सतर्कता..

Logo
प्रकाशित बिहिबार, जेठ ०१, २०७७

नेपाल भारत सिमा क्षेत्रबाट लुकीछिपी नागरिकहरु आवतजावत गरिरहेको खबर आइरहँदा दाङको नाका क्षेत्रबाट लकडाउनको समयमा कोही पनि नेपाल नभित्रिएको पाइएको छ । खुला सिमाना र जंगली क्षेत्र भएका कारण रातिको समयमा भारतबाट लुकिछिपी नेपाल भित्रिएको आशंका भइरहेको बेला सीमा क्षेत्रमा रहेका सुरक्षा निकायले दाङको नाका क्षेत्र पूर्णरुपले सुरक्षित रहेको बताएका हुन् । दाङका साना ठूला गरी जम्मा ३४ वटा नाकामध्ये प्रमुख नाकाहरुमा सुरक्षा पोस्ट राखेर नाका क्षेत्रलाई सिल गरिएको छ । कोरोना सङक्रमणसँगै अनावश्यक रुपमा नेपाल भित्रन नदिनको लागि दाङको डगमारा, भैसाही, भौवा, पटौली र खबरी नाकामा सशस्त्र प्रहरी खटाइएको छ । भारतीय सीमा सुरक्षाबल एसएसबिसँग समन्वय गरेर नेपाल भित्रने र नेपालबाट वाहिरिन सक्ने सम्भावित क्षेत्रमा कडा निगरानी राखिएको अस्थायी प्रहरी पोष्ट डगमाराका असई भूपेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो दाङको नाका क्षेत्रमा कुनै समस्या छैन । भारत आउन चाहने नेपालीहरु एकजना पनि यहाँ आएका छैनन् । भारतीय सुरक्षाकर्मीसँग पनि समन्वय भइरहेको छ ।’ दाङको सबै नाकामा बोर्डर आउट पोष्ट स्थापना भएको र सुरक्षा उपस्थिति राम्रो भएकाले आफूहरुले पनि नाका क्षेत्रमा सुरक्षाअनुभूति गरेको राजपुर गाउँपालिका वडा नम्बर ७ डगमाराका भीमबहादुर घर्तिले बताउनुभयो । यसैबीच दाङको नाका क्षेत्रमा थप ९ वटा बोर्डर आउट पोष्ट स्थापना गर्ने निर्णय भएकाले दाङको सबै नाकामा सुरक्षा उपस्थिति हुने दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी रिलालले भन्नुभयो, ‘दाङको नाका क्षेत्र भौगोलिक हिसावले पनि विकट, जंगली क्षेत्र भएकाले समस्या भएपनि सुरक्षाको दृष्टिकोणले नाका अहिले पूर्ण सुरक्षित रहेका छ । रातदिन सुरक्षाकर्मीले गस्ती गरिरहेका छन् ।’ यसैबीच दाङको पूर्वमा धानखोला र पश्चिम सिमाना शिवखोलामा सिल हुने भएको छ । एम्बुलेन्स, अत्याबश्यक समान र राष्ट्रिय गौरवका योजनाका सामान बाहेक अन्य सबै सवारीसाधन आवतजावतमा रोक लगाइने भएको छ । दाङलार्ई कोरोना संक्रमणबाट बचाउन सकिने भन्दै लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले सबैको सहयोग आबश्यक रहेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ आर्थिक स्रोतको अभावबिच पनि जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा प्रतिबद्ध राप्ती गाउँपालिकाले दमकल प्राप्त गरेपछि राहत महसुस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट खरिद गरिएको दमकल बुधबार गाउँपालिकामा आइपुगेको हो । स्थानीय सरकारसँग सीमित स्रोतसाधन हुँदा अपेक्षित विकास योजना समयमै पूरा गर्न कठिनाइ हुने गरेको […]

मेष : दिन सामान्य छ। हरेक कुरामा सचेत बन्नुपर्ने छ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती हुनेछ। विपक्षीको साथ मिल्नेछ। आम्दानी भन्दा खर्च बढ्नेछ। विज्ञको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुनेछ। वृष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। धन बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मिथुन : […]

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

error: Content is protected !!